Monday, April 20

शिवपुरीमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको छ ।नुवाकोट शिवपुरी ७ सुइरेचौर (सुर्याचौर) नजिकै रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो ।

 पाँच जना सवार रहेको एयर डाइनेस्टीको हेलिकप्टर लाइ क्याप्टेन अरुण मल्लले उडाएको थिए भने अन्य चार जना चिनियाँ पर्यटक  सवार थिए ।

 हेलिकप्टर बुधबार दिउँसो १ बजेर १४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।पाचै जनाको मृत्यु भएको र  सबै जनाको  शव फेला परिसकेको प्रहरी कार्यालय ले जनाएको छ ।

मृत्यु हुने चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।