बाँदर सङ्कट र सशक्त सत्याग्रह
–तीर्थराज भट्टराई
नेपालका ग्रामीण भेगमा मानव–वन्यजन्तु द्वन्द्व दिनप्रतिदिन जटिल बन्दै गएको छ । विशेषगरी खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर आतङ्क गम्भीर समस्याको रूपमा रहेको छ । बाँदरको समस्याबाट कृषकहरु आर्थिक क्षति सँगसँगै सामाजिक र मनोवैज्ञानिक रूपमा पनि पीडित बनेका छन् ।
राष्ट्रिय तथ्यॅाक हेर्दा ७७ जिल्लामध्ये रामेछाप पछाडि खोटाङ उच्च बसाइँसराइ हुने जिल्लामध्ये दोस्रोमा पर्दछ । बाँदरले कृषकद्वारा खेतबारीमा लगाइएको अन्नबाली केही क्षणमा नै ध्वस्त गरिदिन्छन् । कृषकले दुःख गरेर उत्पादित खाद्यान्न नष्ट भएपछि उनीहरु गाउँ छोडेर अन्यत्र जान बाध्यता बनेका छन् ।
मानव– वन्यजन्तु द्वन्द्व र बसाइँसराइ
हाम्रो नगरपालिकाका १५ वटै वडामा बाँदरको डरलाग्दो समस्या छ । मकै, कोदो, भटमास, दाल, आलुजस्ता मुख्य अन्नबाली तथा सागसब्जीमा हुने क्षतिले कृषकको वर्षभरीको मेहनत व्यर्थ हु...

