Saturday, September 12

राजनीति

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, २६ भदौ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौँ जिल्ला अधिवेशन तथा ११ औँ साधारणसभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो । प्रेस युनियन खोटाङको नवनिर्वाचित जिल्ला अध्यक्ष शेर्पा नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको उपाध्यक्ष हुनुहुन्छ । समायोजन खबर डटकमका सञ्चालक तथा द हिमालय टाईम्स दैनिकका खोटाङ सम्वाददाता रहनुभएका शेर्पा यसअघि प्रेस युनियन खोटाङको उपाध्यक्ष हुनुहुन्थ्यो । एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष मनिता राई चयन हुनुभएको छ । जिल्ला सदस्यहरुमा मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई चयन हुनुभएको छ । युनियनको प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ...
खोटाङमा ५० शय्याको अस्पताल कार्यान्वयन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्रीलाई ज्ञापन

खोटाङमा ५० शय्याको अस्पताल कार्यान्वयन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्रीलाई ज्ञापन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २२ भदौ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा उपलब्ध नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको जानकारी गराउँदै तत्काल ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । सुविधा सम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि रु साढे तीन लाखसम्ममा निजी कम्पनीको हेलिकप्टर चार्टर गर्नुपर्ने तथा उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था विद्यमान रहेको समितिले स्वास्थ्यमन्त्री पराजुलीलाई जनाएको छ । जिल्ला अस्पतालको अनुगमन तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सोमबार खोटाङ आउनुभएका मन्त्री पराजु...
दिक्तेलमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीद्धारा निस्कृय पारियो

दिक्तेलमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीद्धारा निस्कृय पारियो

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ भदौ । दिक्तेल बजारमा आइतबार साँझ फेला परेको नेपोलाइट नामक विस्फोटक पदार्थ (बम) नेपाली सेनाको बम डिस्पोजल टोलीले आज (सोमबार) निस्कृय पारेको छ । बेवारिसे अवस्थामा स्थानीयले भेटेका बमलाई रणभीम गण मुडे ब्यारेकका बम डिस्पोल टोलीले सोमबार बिहान साढे दश बजो निस्कृय पारेको हो । बेसक्याम्पस्थित तारा सुन्दासको बारीमा सुगुरको खोर बनाउन स्थानीयले जमिन खन्नेक्रममा आइतबार साँझ बम फेला पारेका थिए । बेवारिसे अवस्थामा भेटिएको बम नेपाल प्रहरीले सोही स्थानमै रातभर सुरक्षित राखेर आज बिहान मात्रै निस्कृय गरिएको गणपति प्रमुख सेनानी (कर्णेल) पवन कार्कीले जानकारी दिनुभएको छ । दिक्तेल बजारको मध्येभागमा पर्ने बेसक्याम्पमा नेपालमा भएको दश वर्षे द्वन्द्वकालका बेला सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले आफ्नो सुरक्षाका लागि बेसक्याम्पमा विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएक...
दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह

दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० भदौ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । वि.सं. २०७७ असार–३० गते ठेक्का सम्झौतागरी निर्माण सुरु गरिएको २७ कोठे चारतले प्रशासनिक कार्यालय भवन सात वर्षपछि सम्पन्न भएसँगै गाउँपालिकाको सम्पूर्ण सेवा आज (आइतबार)देखि आफ्नै प्रशासनिक कार्यालय भवनबाट सुरु गरिएको हो । प्रशासनिक भवनका लागि वि.सं. २०८० असार–२२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी रविना–अविसासँग सम्झौता गरिएको थियो । तर, निर्धारित समयभन्दा करिब छ वर्ष दुई महिनापछि भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेललाले जानकारी दिनुभएको छ । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको गाउँपालिकाको प्रशासनिक भवनका लागि गाउँपालिकाले रु. चार करोड ९५ लाख ९७ हजार ७१५ लागत अनुमान गरेको थियो । ठेकेदार कम्पनीले भने मूल्य अभ...
दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ (बम) फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ (बम) फेला

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ (बम) फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्नेक्रममा आइतबार साँझ बम फेला पारेका हुन् । स्थानीयले भेटेका बमलाई भोलि (सोमबार) बिहानमात्रै निष्किृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी (कर्णेल) पवन कार्कीले जानकारी दिनुभएको छ । साँझ बम भेटिएकाले सोही स्थानमै सुरक्षित रूपमा राखिएको र आज रातभर नेपाल प्रहरीले सुरक्षा दिने जनाइएको छ । द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ । बेवारिसे अवस्थामा भेटिएको बम निष्किृय पार्ने समय नभएपछि आसपासका क्षेत्र नजान र सावधानी अपनाउन स्थानीयलाई...
दिक्तेल रुपाकोट मझुवागढीले बाढीपीडितका लागि बाँसका संरचना निर्माणमा सहयोग गर्ने

दिक्तेल रुपाकोट मझुवागढीले बाढीपीडितका लागि बाँसका संरचना निर्माणमा सहयोग गर्ने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी वासस्थान निर्माणका लागि बाँस खरिदमा आर्थिक सहयोग गर्ने भएको छ । सङ्घसंस्था, व्यक्ति तथा सम्बन्धित निकायसँग समन्वयगरी विपद् प्रभावित क्षेत्रमा आवश्यक बाँस तथा काठ उपलब्ध गराएर वासस्थान निर्माण गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अस्थायी बसोवासको व्यवस्था मिलाउन बाँसका संरचना निर्माण गर्न नगरपालिकाको तर्फबाट रु. ६२ लाख नौँ हजार आर्थिक सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाका जनप्रतिनिधिबाट रु नौँ लाख ८९ हजार तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीबाट रु. ५२ लाख २० हजार उपलब्ध गराउने निर्णय गरेको हो । विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग...
भोटेकोशी बाढीपीडितका लागि जिल्ला समन्वय समिति खोटाङको रु एक लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि जिल्ला समन्वय समिति खोटाङको रु एक लाख सहयोग

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १८ भदौ । जिल्ला समन्वय समिति खोटाङका जनप्रतिनिधि एवम् कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका नौँजना जनप्रतिनिधि र एघार जना कर्मचारीले आफ्नो सेवा सुविधाबापतको रकम कटाएर रु एक लाख ८४९ सहयोग गर्ने निर्णय गरेको हो । जनप्रतिनिधिको पाँच तथा कर्मचारीको राज्यले तोकेअनुसारको रकम सहयोग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । जनप्रतिनिधि तथा कर्मचारीबाट सङ्कलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ । यस्तै, खोटाङ यातायात प्रा.लि.ले भोटेकोशी बाढीपीडितका लागि रु ५५ हजार ५०० रकम सहयोग गरेको छ । खोटाङ यातायात प्रा.लि.ले उपलब्ध गराएको सहयोग रकमको चेक प्रा.लि.का महासचिव रामकुमार हिङमाङ र कोषाध्यक्ष गोविन्द कटुवालले प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई हस्तान्तरण ग...
भोटेकोशी बाढीपीडितका लागि राप्रपा खोटाङले पठायो प्रशासनमार्फत राहत रकम

भोटेकोशी बाढीपीडितका लागि राप्रपा खोटाङले पठायो प्रशासनमार्फत राहत रकम

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले भोटेकोशी बाढीपीडितका लागि राहत रकम पठाएको छ । राप्रपा खोटाङले २५ जना नेता तथा कार्यकर्ताबाट सङ्कलन गरेको रु २८ हजार १०० राहत रकम आज (मङ्गलबार) जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो । बाढीपीडितका लागि सङ्कलित नगद रकम प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राई ‘जीवन’ले जानकारी दिनुभएको छ । भोटेकोशी बाढीपीडितका लागि संस्थागत रुपमा राहत रकम उपलब्ध गराउनेमा राप्रपा खोटाङ जिल्लामा पहिलो पार्टी बनेको छ । राप्रपा खोटाङले उपलब्ध गराएको नगद राहत रकम मङ्गलबार नै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिनुभएको छ । “जिल्लामा अहिलेसम्म राप्रपा बाहेक अन्यले संस...
तीन स्थानीय तहका नागरिकलाई विभिन्न अस्पतालमा सहुलियतको उपचार व्यवस्था

तीन स्थानीय तहका नागरिकलाई विभिन्न अस्पतालमा सहुलियतको उपचार व्यवस्था

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १५ भदौ । जिल्लाका तीन स्थानीय तहका अतिविपन्न नागरिकका लागि देशका विभिन्न अस्पतालले स्वास्थ्य उपचारमा सहुलियतमा सेवा दिने भएको छ । हलेसी तवाचुङ नगरपालिका तथा खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाका अतिविपन्न नागरिकलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल र नोवेल मेडिकल कलेज विराटनगरले उपचारमा ५० प्रतिशतसम्म सहुलियत दिने भएको हो । काठमाडौँस्थित सिनामङ्गलमा प्रधान कार्यालय रहेको केएमसी अस्पतालले विभिन्न शाखामार्फत सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानीय तहसँग गरिएको सम्झौतामा उल्लेख छ । स्थानीय तहसँगको सम्झौताअनुसार केएमसीले सिनामङ्गलमा उपचार गराउन आउने नागरिकका लागि २५ प्रतिशत तथा दुवाकोट भक्तपुरमा आउनेका लागि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाले नोवेल मेडिकल कलेज विराटनगरमार्फत समेत अतिविपन्न नागरिकका लागि उपचारमा सहुलियत दिलाउने विषयमा स...
हलेसी तुवाचुङका घरविहीन तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर

हलेसी तुवाचुङका घरविहीन तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर

#, अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ८ भदौ । हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रति परिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बसोवास गर्दै आएका वडा–२ डिकुवाका देशवीर राई र वडा–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं.–१० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका छन् । वृद्ध दम्पत्तिमात्र रहेका डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आउनुभएको थियो । लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आउनुभएका बृद्ध दम्पत्तिको लागि नगरपाल...