जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
खोटाङ, ६ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवम् रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धतासहित सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी गरेको छ । दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न तीनदिने अन्तराष्ट्रिय सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासहितको दिक्तेल घोषणापत्र जारी गरेको हो ।
स्थानीय समुदायको सहभागितामा वनजङ्गल, बाँस–निगालो, खर्क, खोला खोल्सी, तालतलैया, जरीबुटी, पोखरी र जैविक मार्गको पुनः स्थापना तथा दिगो व्यवस्थापनका...









