Wednesday, July 29

खेलकुद

कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता : झापाका प्रकाशचन्द्र नेपालीलाई प्रथम उपाधि

कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता : झापाका प्रकाशचन्द्र नेपालीलाई प्रथम उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा झापाका प्रकाशचन्द्र नेपाल प्रथम हुनुभएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा आयोजित प्रतियोगितामा आठ जिल्लाका ६१ जना सहभागीलाई पराजित गर्दै नेपाल प्रथम हुनुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा मङ्गलबार आयोजना गरिएको प्रतियोगितामा प्रथम उपाधि प्राप्त गर्नुभएका नेपाललाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदानसहित पुरस्कृत गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । उपाधि विजेता नेपाललाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र बुद्धिचाल सङ्घ क...
दिक्तेलमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता : आठ जिल्लाका ६२ जना खेलाडी सहभागी

दिक्तेलमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता : आठ जिल्लाका ६२ जना खेलाडी सहभागी

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २३ असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता आयोजना गरेको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगिताको औपचारिक उद्घाटन मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर पढेर गर्नुभएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा बुद्धिचाल सङ्घका कोशी प्रदेश अध्यक्ष सुरेन्द्रकुमार राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खेलकुद क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलाडी लगायतको उपस्थिति रहे...
कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता–२०८३ असार–२२ र २३ गते दिक्तेलमा

कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता–२०८३ असार–२२ र २३ गते दिक्तेलमा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २० असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले यही असार–२२ र २३ गते दिक्तेल बजारमा कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । कोशी प्रदेश बुद्धिचाल सङ्घ सह–आयोजक तथा जिल्ला बुद्धिचाल सङ्घ खोटाङको व्यवस्थापनमा सञ्चालन हुने प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिनुभएको छ । दशौँ स्थान हासिल गर्ने खेलाडीसम्मलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजा...
बोल्न र सुन्न नसक्ने उषक : कक्षा–१२ उत्तीर्ण, खेलकुदमा अब्बल, भविष्य अन्यौलमा

बोल्न र सुन्न नसक्ने उषक : कक्षा–१२ उत्तीर्ण, खेलकुदमा अब्बल, भविष्य अन्यौलमा

अर्थ, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, १८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २२ वर्षीय उषक श्रेष्ठको क्षमता जे छन् त्यो सामान्य लाग्दैन । उषकलाई देख्ने र भेट्ने जो कोहीले उहाँको क्षमताको आँकलन गर्न सक्दैनन् । छरितो कद, हँसिलो अनुहार, फुर्तिलो ज्यान, चटक्कै परेको पहिरन । जन्मजातै बोल्न र सुन्न असक्षम श्रेष्ठले यो वर्ष कक्षा–१२ उत्तीर्ण गर्नुभयो । उषकले खार्मीमै सञ्चालित कालिका माध्यमिक विद्यालयबाट अन्य विद्यार्थी सो सरह नै ‘लेक्चर मेथोड’बाट अध्ययन गर्नुभएको हो । कक्षा–१२ को परीक्षा भने सोही नगरपालिका–१ दिक्तेलबजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा दिनुभएको थियो । सानो कक्षाहरुमा कसैले चासो नदिए पनि माथिल्लो तह नै उत्तीर्ण भएपछि स्थानीयवासी चकित परेका छन् । बोल्न र सुन्न नै नसके पनि उषकले कसरी अध्ययन गरे होलान् भन्नेमा स्थानीयको जिज्ञासा रहन्छ । फरक क्षमताका उषकलाई अध्यापन गर्न क...
महिलासँग एउटै कोठामा फेला परेका खेलकुद अध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी

महिलासँग एउटै कोठामा फेला परेका खेलकुद अध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी

अपराध, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १३ असार । जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेको छ । एक महिलासँग बिहीबार राति एउटै कोठामा फेला पारेपछि स्थानीयको दबाबमा पक्राउ परेका अध्यक्ष राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको हो । स्थानीयले दिएको जानकारीको आधारमा प्रहरी नियन्त्रणमा परेका जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेत राईविरुद्ध जबरजस्ती करणीमा शुक्रबार साँझ जाहेरी परेको जिल्ला प्रहरी प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । “स्थानीयले एक महिलासँग राति एउटै कोठामा भेटेपछि रमेश राईलाई नियन्त्रणमा लिएका रहेछन् । उनीहरुले शुक्रबार बिहान २ः४५ बजे प्रहरीलाई घटनास्थलमा बोलाएर बुझाएका थिए”, उहाँले भन्नुभयो, “दिनभर कोही सम्पर्कमा आएनन् । बेलुकी जाहेरी आएपछि अनुसन्धान प्रक्रिया अघि बढाइको छ ।” जब...
खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापन

खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापन

#, अर्थ, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३ असार । खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै खेलकुदसँग सम्बद्ध सङ्घ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेट खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको भन्दै तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन बुधबार ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष राई र कार्यालय प्रमुख केसीको मिलेमतोमा खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार गरेको पाइएको छ । दिक्तेलस्थित कृषि विकास बैङ्कमा रहेको खाताबाट निकालेको रकम तत्काल फिर्ता गराउनुका साथै रकम अपचलनमा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । वि.सं. २०८१ माघ–१९ गते रु ३८ हजार, चैत–११ गते रु एक लाख २५ हजार, चैत–३१ ...
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ : पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ : पाँच जनालाई नगदसहित सम्मान

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज, साहित्य, सूचना प्रविधि
खोटाङ, १० जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पु¥याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छ दिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमको अवसरमा नगदसहित सम्मान गरिएको हो । साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइपा ११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे तथा पत्रकारितामा दिक्तेलकी पत्रकार सविना अछामे परियारलाई सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित सबैलाई जनही नगद रु ११ हजा...
दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ६ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद रु २५ हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नेपाल खेलकुद प्रतिष्ठना खोटाङका अध्यक्ष सञ्जयकुमार राईले ...
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ३ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आज (आइतबार)बाट औपचारिकरुपमा सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव यही जेठ–९ गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको...
खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि

खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १६ वैशाख । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको ‘आठौँ गाउँपालिका अध्यक्ष कप–२०८३’ अन्तरगत भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेले जितेको छ । गाउँपालिकाको नवौँ वार्षिक उत्सवको अवसर पारेर सिम्पानी बजारमा आयोजना गरिएको महिला÷पुरुष गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ इन्द्रेणीपोखरीलाई ३–१ ले हराउँदै लिकुवापोखरी र पुरुषतर्फ वाप्लुखालाई ३–१ ले नै हराउँदै सावाकटहरेले उपाधि जितेको हो । गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताका उपाधि विजेता लिकुवापोखरी र सावाकटहरेले नगद रु ८१÷८१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा नं. २ वाप्लुखाका वडाध्यक्ष पारस राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राईका अनुसार उपविजेता इन्द्रेणीपोखरी र वाप्लुखाले नगद रु ६१÷६१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चार दिनसम्म सञ्चालन भएको आठौँ ग...