नेवार समुदायको प्रमुख चाड गाई जात्रा : दिवङ्ग भएका आफन्तको चिर शान्तिको कामना
खोटाङ, १३ भदौ । गाई जात्रालाई विशेषगरी व्यङ्ग्य प्रहार गर्ने दिनको रूपमा चिन्ने गरिन्छ । नेवार समुदायको प्रमुख चाड गाई जात्राको अवसरमा सरकार, नेता तथा सामाजिक कूरीतिका विरुद्ध व्याङ्ग्य प्रहार गर्ने प्रचलन छ ।
नेवार समुदायको घनाबस्ती रहेको ठाउँहरुमा हरेक वर्ष गाई जात्रा मनाउने प्रचलन छ । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाई जात्राको अवसरमा दर्शकलाई मनोरञ्जन दिलाउन लाखे नाचसमेत प्रदर्शन गरिन्छ ।
गाई जात्रामा वर्ष दिनभित्र मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै चिर शान्तिको कामनासहित पूजाआजा गर्ने प्रचलन छ । यही प्रचलन अन्तरगत शनिबार दिनभर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा गाई जात्राको रौनक छाएको थियो ।
दिक्तेल बजारका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाचसँगै सापारु (दिवङ्गत भएका व्यक्तिको तस्वीरसहितको खट’ परिक्...









