Thursday, June 4

साहित्य

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ : पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३ : पाँच जनालाई नगदसहित सम्मान

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज, साहित्य, सूचना प्रविधि
खोटाङ, १० जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पु¥याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छ दिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमको अवसरमा नगदसहित सम्मान गरिएको हो । साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइपा ११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे तथा पत्रकारितामा दिक्तेलकी पत्रकार सविना अछामे परियारलाई सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित सबैलाई जनही नगद रु ११ हजा...
दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ६ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद रु २५ हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नेपाल खेलकुद प्रतिष्ठना खोटाङका अध्यक्ष सञ्जयकुमार राईले ...
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ३ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आज (आइतबार)बाट औपचारिकरुपमा सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव यही जेठ–९ गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको...
साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा

साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, संगीत, समाचार, साहित्य
खोटाङ, २६ वैशाख । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रुपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो । नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् । नेपाली समाजमा भएका वर्गीय, जातीय, साँस्कृतिक एवम् राजनीतिक परिवेशलाई समेत समेटेर प्रकाशन गरिएको ‘आदिम फूल’ कविता सङ्ग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रुपमा विमोचन गर्नुभएको छ । कविता सङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु...
कवि, लेखक तथा पत्रकार किरातीलाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’

कवि, लेखक तथा पत्रकार किरातीलाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, २३ वैशाख । सात वर्षअघिदेखि खोटाङमा नियमित प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले यस वर्ष कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई पुरस्कृत गर्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिकालाई आधारभूमि बनाएर नियमित प्रकाशन हुँदै आएको साप्ताहिक पत्रिकाले नगद रु १५ हजार १५ राशीको ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’ कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गर्ने भएको हो । कविता, लेख तथा पत्रकारिताको क्षेत्रबाट समाज सुधारमा पु¥याउनुभएको योगदानको कदरस्वरुप किरातीलाई यस वर्षको ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’ प्रदान गर्ने निर्णय गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक÷सम्पादक दिपेन्द्र राईले जानकारी दिनुभएको छ । घोषित पुरस्कार पत्रिकाको वार्षिकोत्सव अर्थात ‘तुवाचुङ डे’मा आगामी साउन–४ गते त्रिधार्मिकस्थल हलेसी आयोजना गरिने विशेष कार्यक्रममा प्रदान गर्ने तयारी गरिएको पत्रिकाले जारी गरेको विज्ञप्...
वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड

वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, ३ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आज (बिहीबार)बाट सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्तरुपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । यही वैशाख–७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खोटाङका २१ वटा माध्यमिक विद्यालयको ६४ वटा तथा राजधानीसहित बाहिरी जिल्लाका १५ वटा विद्यालयको १८ वटा स्टल रहेको आयोजक समितिका स्टल संयोजक भूपाल राईले जानकारी दिनुभएको छ । स्थानीय स्रो...
दिक्तेलमा जेठ–३ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुँदै

दिक्तेलमा जेठ–३ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुँदै

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य, स्वास्थ्य
खोटाङ, २८ चैत । आगामी जेठ पहिलो साता दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा जेठ–३ गतेदेखि ९ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गर्न लागेका हौँ । यसअघि सञ्चालन गरिएका महो...
दिक्तेलमा वैशाख पहिलो साता ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’

दिक्तेलमा वैशाख पहिलो साता ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, २७ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी वैशाख–३ गतेदेखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्तरुपमा महोत्सव गर्ने भएको हो । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक एवम् शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिनुभएको छ । “प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव जिल्लामा पहिलोपटक आयोजना गरिएको छ । युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै एआइको...
नियात्राविद् छाङ्छाका ‘प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययन’ बजारमा

नियात्राविद् छाङ्छाका ‘प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययन’ बजारमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, १ माघ । नियात्राविद् जय छाङ्छाको अनुसन्धानात्मक कृति प्राचीन नियात्रा विश्लेषणात्मक अध्ययन लोकार्पण भएको छ । कृतिमा प्राचीन नेपाली एवम् पाश्चात्य नियात्राको प्रवृत्ति, प्रारम्भिक नारीको नियात्रामा योगदान, के यात्रा साहित्यको अवसान भएकै हो त ? नियात्रा सिर्जनामा अस्पष्ठताको अवस्था, नियात्रा बिम्बविधान र नियात्राका सौन्दर्यहरू लगायतका विषय समेटिएका छन् । भोजपुर निवासी नियात्राविद् छाङ्छाका वि.सं. २०७७ सालमा रत्नपुस्तक भण्डारबाट नियात्रा विधा परिचय, अनुसन्धानात्मक कृति प्रकाशित छन् । छाङ्छाका आठ नियात्रा कृति– कङ्गारुको देशदेखि आइफेल टावरसम्म (२०५२), चाँप फुल्ने पहाडमुन्तिर (२०५४), बादल रुँदाको जुरिच (२०५९), बिब्ल्याँटो आकाशको धरातलतिर (२०६४), दोहाको सीधा उडान (२०७३), पैदलै काठमाडौंका चुलीहरू (२०७५) र साङ्ग्रिलाका पुछारितिर (२०८०) र क्याम्फोर रेन इन दार्जिलिङ (२०२०) प्रकाशित छन् । ...
सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज, साहित्य
खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौँका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस–२१ गते दिक्तेल आएका दश जना विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्ताहरुमा चित्र बनाइरहेका हुन् । दश दिनसम्म दिक्तेलमा बस्ने ललितकला क्याम्पसका विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्रहरु बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई सौन्दर्यकरण गर्दै नमूना बजार बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको दिक्तेल बजार सौन्दर्यकरण अभियानमा लल...