Sunday, September 13

स्वास्थ्य

खोटाङमा स्वर्णबिन्दु प्राशन कार्यक्रम : पहिलोपटक २०७ बालबालिका सहभागी

खोटाङमा स्वर्णबिन्दु प्राशन कार्यक्रम : पहिलोपटक २०७ बालबालिका सहभागी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २३ भदौ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरुवात् गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले जिल्लामा पहिलोपटक स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरिएको हो । नेपाल सरकारले निर्धारण गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन आज (मङ्गलबार) जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । निर्धारित कार्यक्रमअनुसार जन्मिएर एक वर्ष पूरा भएका र पाँच वर्ष ननाघेका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उद्घाटन कार्यक्रमका वक्ताहरुले बताएका छन् । जिल्ला समन्वय समिति खोटाङका प्...
खोटाङमा ५० शय्याको अस्पताल कार्यान्वयन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्रीलाई ज्ञापन

खोटाङमा ५० शय्याको अस्पताल कार्यान्वयन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्रीलाई ज्ञापन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २२ भदौ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा उपलब्ध नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको जानकारी गराउँदै तत्काल ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । सुविधा सम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि रु साढे तीन लाखसम्ममा निजी कम्पनीको हेलिकप्टर चार्टर गर्नुपर्ने तथा उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था विद्यमान रहेको समितिले स्वास्थ्यमन्त्री पराजुलीलाई जनाएको छ । जिल्ला अस्पतालको अनुगमन तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सोमबार खोटाङ आउनुभएका मन्त्री पराजु...
दिक्तेल रुपाकोट मझुवागढीलाई प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त बनाउन अभियान

दिक्तेल रुपाकोट मझुवागढीलाई प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त बनाउन अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त सार्वजनिकस्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पर्ने यो नगरपालिकालाई सफा, सुन्दर र सभ्य बनाउन तीन महिने अभियान सुरु गरिएको हो । विद्यालयस्तरबाट सुरु भएको वातावरणीय चेतना र सिकाइ अभियानलाई घर, टोल, बजार तथा समुदायस्तरसम्म विस्तार गर्ने योजना रहेको नगरपालिकाका उप्रमुख विशन राईले जानकारी दिनुभएको छ । जिल्लाको सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) यो नगरपालिकाले अभियानको पहिलो चरणको अभियान गत साउन–१८ गते कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयलाई प्रमुख साझेदार बनाएर विद्यालयस्तरीय १५ दिने अभिमुखीकरण अभियान सञ्चालन गरिएको थियो ...
ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन हुँदा ३७० घर उपभोक्ता लाभान्वित

ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन हुँदा ३७० घर उपभोक्ता लाभान्वित

#, कोशी प्रदेश, गृह पृष्ठ, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ८ भदौ । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा वडामा एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन आएपछि ३७० घर स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नं. २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आपूर्ति योजना र झाँक्रीवास खानेपानी आपूर्ति आयोजना तथा वडा नं. ७ माक्पामा रोलुखोला नोरुङ खानेपानी आपूर्ति आयोजना सञ्चालनमा ल्याइएको हो । एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन गरेर उपभोक्ताको घर र सार्वजनिकस्थलमा गरि ३७२ वटा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । “तीनवटै खानेपानी आयोजना तोकिएको मितिभन्दा अगावै सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । सबैको घरमा निर्माण गरिएका धारामा प्रयाप्तमात्रामा स्वच्छ खानेपानी उपलब्ध भएको छ”, ...
शिक्षित महिलाले नै आफ्ना शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन् : अध्ययन प्रतिवेदन

शिक्षित महिलाले नै आफ्ना शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन् : अध्ययन प्रतिवेदन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २२ असार । नेपालमा शिक्षित महिलाहरूले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ । शिक्षित महिलामा चेतनाको स्तर उच्च भए पनि विशेषगरी शहरी क्षेत्रका शिक्षित आमामा पूर्ण स्तनपान गराउने दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सोमबार दिक्तेलमा आयोजना गरेको क्रियाशील पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार ६१ प्रतिशत आधारभूत शिक्षा प्राप्त गरेका र ५३ प्रतिशत माध्यमिक शिक्षा प्राप्त गरेका आमाले आफ्ना नवजात शिशुलाई पर्याप्त स्तनपान नगराएको पाइएको छ । उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले आफ्ना शिशुका लागि दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ । कोशी प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिलाको दर...
खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ असार । खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई मङ्गलबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्रा १५ महिना मुनिका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ११ महिनासम्मका एक हजार ४९९ जना, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका एक हजार २६८, २४ देखि ५९ महिनासम्मका पाँच हजार २१७ र १६ देखि ५९ महिनाका छ हजार ४७८ जना बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलप्रसाद पौडेलले जानक...
जन्तेढुङ्गा आधारभूत अस्पताल : पाँचपटक थपिएको म्याद सकिँदा पनि बनेन भवन

जन्तेढुङ्गा आधारभूत अस्पताल : पाँचपटक थपिएको म्याद सकिँदा पनि बनेन भवन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १५ असार । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ श्ययाको आधारभूत अस्पताल भवन अलपत्र बनेको छ । हरेक स्थानीय तहमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार निर्माण सुरु गरिएको १५ श्ययाको आधारभूत अस्पताल भवन ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र बनेको हो । वि.सं. २०७९ असार–२८ गतेभित्र निर्माणको काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले वि.सं. २०७८ असार–२५ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । कुल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशतमात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभएको छ । निर्माणाधीन अवस्थामै अलपत्र बनेको आधारभूत अस्पताल भवनको दुईवटा ब्लकमध्ये एउटामात्र ठडिदै गरेकोमा त्यो पनि बीचैमा छाडिएको...
हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम : सल्लेका ३१ घर मगर परिवार लाभान्वित

हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम : सल्लेका ३१ घर मगर परिवार लाभान्वित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत रु ५३ लाख रहेको जनाइएको छ । जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले रु ४६ लाख तथा स्थानीय उपभोक्ताले रु सात लाख बराबरको श्रमदान तथा नगद सहभागिता जनाएको वडाध्यक्ष काशीराज राईले जानकारी दिनुभएको छ । स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिमार्फत तानेर निकालिएको पानी वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका ३१ घर स्थानीय मगर परिवारले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपा...
भारतमा उपचाररत क्यान्सरपीडित कठेतलाई उद्योग वाणिज्य सङ्घको आर्थिक सहयोग

भारतमा उपचाररत क्यान्सरपीडित कठेतलाई उद्योग वाणिज्य सङ्घको आर्थिक सहयोग

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १२ जेठ । उद्योग बाणिज्य सङ्घ खोटाङले क्यान्सरबाट सिकिस्त बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका सन्तोष कठेतलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । फोक्सोमा क्यान्सर भएपछि भारतको दिल्लीस्थित मेदान्त अस्पताल गएर उपचार गराइरहनुभएका व्यवसायी कठेतलाई वाणिज्य सङ्घले रु चार लाख १७ हजार ७६५ सहयोग रकम जुटाएर प्रदान गरेको हो । महङ्गो खर्चमा भारत पुगेर उपचार गराइरनुभएका व्यवसायी कठेतको उपचारमा सहयोग पु¥याउन दिक्तेल बजारका २५० जना व्यवसायीबाट रकम सङ्कलन गरिएको वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । वाणिज्य सङ्घले सङ्कलन गरेको नगद रकम मङ्गलबार दिक्तेलमा आयोजित कार्यक्रममा बिरामीका भाइ एवम् निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतलाई हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य सङ्घले आफ्नो साधारण सदस्यको जीवन रक्षाका लागि दिक्तेल बजारमा सोमबार र मङ्गलबा...
दिक्तेलमा जेठ–३ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुँदै

दिक्तेलमा जेठ–३ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुँदै

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य, स्वास्थ्य
खोटाङ, २८ चैत । आगामी जेठ पहिलो साता दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा जेठ–३ गतेदेखि ९ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गर्न लागेका हौँ । यसअघि सञ्चालन गरिएका महो...