खोटाङ, १३ कात्तिक । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा दुई जना घाइते भएका छन् । रावाबेँसी गाउँपालिका–५ दुबेकोलको गट्टीडाँडामा कात्तिक १३ गते दिउँसो प्र.२.०१.००१ त १०९५ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरका चालक २० वर्षका जीवन पाण्डे र स्थानीय नौ वर्षका अतित परियार घाइते भएका हुन् ।
घाइतेहरुको रावाबेँसी गाउँ अस्पताल हरमटारमा उपचार भइरहेको छ । ट्याक्टर ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ ।
