सामान किन्न पसल आएकी १३ वर्षीया बालिकालाई यौन प्रस्ताव राखेपछि…
खोटाङ, २९ जेठ । सामान किन्न आएकी १३ वर्षीया बालिकालाई यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका २३ वर्षीय धनीराम कटवाल पक्राउ परेका छन् । दिक्तेल बजारस्थित मानव अधिकार चोकमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका कटवालले पसलमा ब्रासलेट (हातमा लगाउने गहनाजन्य सामान) किन्न आएकी बालिकालाई कोठाभित्र बोलाएर यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
दिक्तेलस्थित माटीकोरेमा बुबाआमासँगै बस्दै आएका कटवाललाई बुधबार साँझ स्टेसनरी पसलबाटै पक्राउ गरेर बिहीबार बाल यौन दुव्र्यवहार अन्तरगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभएभएको छ । पक्राउ परेलगत्तै हिरासतमा राखिएका कटवालविरद्ध लागेको आरोपका विषयमा छानबिन गर्न जिल्ला अदालत खोटाङबाट बिहीबार तीन दिनको ...
