Tuesday, July 28

गृह पृष्ठ

बाह्रै महिना यातायात सञ्चालन गर्न हलेसी तुवाचुङमा २६ जना सडक हेरालु नियुक्त

बाह्रै महिना यातायात सञ्चालन गर्न हलेसी तुवाचुङमा २६ जना सडक हेरालु नियुक्त

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ४ साउन । हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि २६ जना सडक हेरालु नियुक्त गरेको छ । वर्षायाममा अत्यधिक वर्षा हुने र ग्रामीण सडकहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सडक हेरालु नियुक्त गरेको हो । विगत वर्षहरुमा सडक मर्मत गर्नका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालु अर्थिक वर्षदेखि मेसिनको सट्टा सडक हेरालुको रुपमा मान्छेको प्रयोग सुरु गरेको छ । एघार वडा रहेको यो नगरपालिकामा सडक मर्मतमा मात्र वार्षिक रु एक करोडको हाराहरीमा खर्च हुँदै आएको थियो । सडक मर्मत तथा सम्भारको नाममा नगरपालिका र वडा कार्यालयले बजेट विनियोजन गदै आएको थियो । नगरपालिकाले एक जनाले मासिक रु २१ हजार पारिश्रमिक पाउने गरि २६ जना हेरालुलाई तीन महिनाका लागि नियुक्ति दिएको हो । सडक हेरालुलाई सडकको रेखदेख गर्ने, सम्भावि...
ठेकेदारको लापरबाहीले पक्की पुल नबनेपछि अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान

ठेकेदारको लापरबाहीले पक्की पुल नबनेपछि अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३ साउन । मध्यपहाडी लोकमार्गअन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्से (पङ्खु)खोलामा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गर्नका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापले भ्याट र कन्टिन्जेन्सी बाहेक रु एक करोड ६३ लाख ६४ हजार ९३४ रकमको ठेक्का खुलाएको हो । लप्सेखोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको अवस्थामा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने तयारी गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापका सूचना अधिकारी इन्जिनियर भरत श्रेष्ठले जानकारी दिनुभएको छ । लप्सेखोलामा वि.सं. २०७३ सालमा सक्नेगरि १५ मिटर लम्बाई भएको पक्की पुल निर्माण सुरु गरिएको थियो तर, ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण वि.सं...
हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु

हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २ साउन । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होम–स्टे (घरवास) सञ्चालनमा ल्याएका छन् । साउन–२ गतेदेखि औपचारिक उद्घाटन गरिएको होम स्टेसँगै ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सीको बिक्री वितरणसमेत सुरु गरिएको छ । पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित होम–स्टे सञ्चालनमा ल्याइएको सञ्चालकहरूले जनाएका छन् । त्रिधार्मिकस्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको यो होम–स्टे पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ । होम–स्टेमा आउने पाहुनाले लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचार लगायतका परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन् । ‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ नारासहित सुरु गरिएको होम–स्टेमा आउने पाहुनाका लागि सस्तो दररेट निर्धारण गरिएको छ । ...
नेकपाका कोशी प्रदेश सदस्य कार्की घर नजिकैको खोल्सीमा मृत फेला

नेकपाका कोशी प्रदेश सदस्य कार्की घर नजिकैको खोल्सीमा मृत फेला

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कोशी प्रदेश समिति सदस्य कृष्ण कार्की मृत फेला पर्नुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ निवासी ५२ वर्षीय प्रदेश सदस्य कार्की गएराति आफ्नै घर नजिकैको बाँसघारीसहितको खोल्सीमा मृत फेला पर्नुभएको हो । छिमेकीकामा जान्छु भनेर साउन–१ गते दिउँसो घरबाट हिँड्नुभएका कार्की बेलुका राति अबेरम्म नफर्किएपछि खोजी गर्नेक्रममा आफन्तले मृत फेला पारेको जानकारी प्राप्त भएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । “मृतक कार्कीले साउने सक्रान्तिको अवसरमा घरमा खसी काटेर आफन्तसँगै बिहानको खाना खानुभएको भन्ने बुझिएको छ । दिउँसो छिमेकीकामा गएपछि बेलुकीपख आफन्तसँग फोनसमेत सम्पर्क भएको रहेछ !”, उहाँले भन्नुभयो, “रात परेपछि परिवारसँग फोन सम्पर्क बिच्छेद भएको भन्ने छ । अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्नेक्रममा मृत फेला पर्नुभएको छ ...
जन्तेढुङ्गामा बाँझो जमिन उपयोग कार्यक्रम : आलु र तिते फापर उत्पादनमा जोड

जन्तेढुङ्गामा बाँझो जमिन उपयोग कार्यक्रम : आलु र तिते फापर उत्पादनमा जोड

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १ साउन । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्ष साढे तीन हजार केजी आलु फलाएको छ । गाउँपालिकाले सञ्चालन गरेको आलु खेती प्रवद्र्धन कार्यक्रमअन्तरगत वडा नं. ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा आलु खेती लगाइएको थियो । बाँझो जमिन उपयोगमा ल्याएर उत्पादन गरिएको आलुलाई भण्डारण गरेर विक्रीवितरणको व्यवस्था मिलाइएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ । गाउँपालिकाले चिसापानीमा सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएको आलु प्रतिकेजी रु ६० का दरले बिक्री सुरु गरिएको जनाइएको छ । गाउँपालिकाले सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएका आलुमध्ये एक हजार २७० केजी आलु बिक्री भइसकेको गाउँपालिकाका प्राविधिक सहायक तोशल भट्टराईले जानकारी दिनुभएको छ । आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाले आन्तरिक श्रोतमा जम्मा गर्ने व्यवस्था मिलाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालि...
साकेलामा आपसी झगडा हुँदा एक जनाको मृत्यु, दाजु र भाइ पक्राउ

साकेलामा आपसी झगडा हुँदा एक जनाको मृत्यु, दाजु र भाइ पक्राउ

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३१ असार । साकेला गाउँपालिका–४ मात्तिमस्थित पारुङमा एकाघरको दाजुभाइबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेको अवस्थामा तीन दिनअघि ४८ वर्षीय ईमानसिंह राई, ३५ वर्षीय ओईमानसिंह राई र ३० वर्षीय जीवन राई ‘टीकाबहादुर’बीच भएको झगडामा धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते बनेका ओईमानसिंह राईको मृत्यु भएको हो । असार–२९ गते राति मादक पदार्थ सेवन गरेको अवस्थामा घरायसी विवाद हुँदा आफ्नै दाजु ईमानसिंह तथा भाइ जीवनबाट ओईमानसिंहको टाउको र पेटमा खकुरी प्रहार भएको खुलेको प्रहरीले जानकारी दिएको छ । आपसी झगडामा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएका ओईमानसिंहलाई असार–३० गते बिहान उपचारका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको थियो । अस्पताल ल्याएर उपचारका लागि भर्ना गरिएका ओईमानसिंहलाई अस्पतालले केही समयपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशङ्कामा दाज...
कारागारभित्रै कैदीको मृत्यु, मृत्युको कारण यकिन हुनुपर्ने आफन्तको माग

कारागारभित्रै कैदीको मृत्यु, मृत्युको कारण यकिन हुनुपर्ने आफन्तको माग

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३१ असार । जिल्ला कारागार खोटाङमा कैदी भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्धामा दिक्तेलस्थित मुडेमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो । असार–३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभएको छ । बेहोस अवस्थामा भेटिएपछि राति १ ः ५० बजे जिल्ला अस्पताल दिक्तेल पु¥याइएको थियो तर, अस्पतालले तत्कालै मृत घोषणा गरेको हो । अस्पताल ल्याइपु¥याउँदा कैदीलाई मृत्यु भइसकेको अवस्थामा पाइएको अस्पतालका डा. पुष्कल राईले जानकारी दिनुभएको छ । “मृत्युको कारण खुलेको छैन । शव परीक्षणपछि मात्रै मृत्युको कारण खुल्छ”, उहाँले भन्नुभयो, “मृतकको शव परीक्षण गृहमा राखिएको छ । आफन्त आएपछि कानूनी प्रक्रिया पूरा गर...
उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३० असार । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तरगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ । दिक्तेलस्थित कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो । वार्लङखोला तीनतले चिउरीभिर तथा बाँझगरा कुलो सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ । दुवै समितिले गुणस्तरीय कार्यसम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय स्वामित्वको भावना प्रवद्र्धन, बाली सघनी...
उद्गमथलो ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धनमा किरात साम्पाङ राई समुदाय

उद्गमथलो ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धनमा किरात साम्पाङ राई समुदाय

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ३० असार । किरात साम्पाङ राई समुदायको ऐतिहासिक एवम् उद्गमथलो मानिने खोटाङको बास्पानीस्थित ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धन योजना अघि बढेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अवस्थित खकलुङको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माणको काम सुरु गरिएको हो । नेपाल सरकार, शहरी विकास मन्त्रालयको रु ८९ लाख ३० हजार ७८४ बजेटबाट पहिलो चरणमा मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल) निर्माण गरिएको छ । किरात साम्पाङ राई जुम्लेखा केन्द्रीय कार्यसमितिको पहलमा रु १४ करोड ६६ लाखको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर विभिन्न भौतिक संरचना निर्माणको काम थालिएको हो । किरात साम्पाङ राई समुदायको ऐतिहासिकस्थल एवम् उद्गमस्थल खकलुङमा क्रमशः कार्यालय भवन, सङ्ग्रहालय, गेष्टहाउस (पाहुना ...
अधिकारीमाथि खुकुरी प्रहारगरी हत्या गरेको आरोपमा एकै घरका तीनजना पक्राउ

अधिकारीमाथि खुकुरी प्रहारगरी हत्या गरेको आरोपमा एकै घरका तीनजना पक्राउ

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २६ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुब अधिकारी मृत्य भएपछि हत्या आरोपमा एकै घरमा तीनजना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनका श्रीमती ५२ वर्षीय भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएको तथा श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि नियन्त्रण लिइएएको प्रहरीले जनाएको छ । मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक...