Saturday, August 1

राजनीति

दिक्तेल रुपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ असोज । राष्ट्रिय भूमि आयोग खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका २९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई निस्सा...

सुमो चालकलाई भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईद्धारा प्रहरीमा आत्मसमर्पण

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० भदौ । सुमो चालकलाई भरुवा बन्दुक ताक्ने नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ हिँडेको ना १ ज ४३७२ नम्बरको सुमोलाई यही भदौ–१६ गते खार्मीस्थित आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योगसम्बन्धी मुद्धा दर्ता भएपछि शुक्रबार आत्मसमपर्ण गरेका हुन् । घटना लगत्तै फरार बनेका काँग्रेस नेता राईले शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर आत्मसमर्पण गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ । “खार्मीबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई रोकेर भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता गरेर प्रहरी परिचालन गरेका थियौँ ...

शैक्षिक नीतिका विषयमा तीन जिल्लाका अखिल (क्रान्तिकारी)को गोष्ठी दिक्तेलमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही भदौ–२६ र २७ गते दिक्तेल बजारमा शैक्षिक नीतिका विषयमा अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्ने भएको छ । अखिल (क्रान्तिकारी) जिल्ला कार्यसमिति खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूले संयुक्तरुपमा ‘नेपालको वर्तमान शैक्षिक नीति र अखिल (क्रान्तिकारी)को भूमिका विषयक अन्तरक्रियामूलक गोष्ठी–२०८२’ आयोजना गर्ने भएको हो । शिक्षा क्षेत्रमा देखिएका चुनौती, अवसर र सुधारका उपायबारे खुलेर बहस गर्ने र व्यवहारिक निष्कर्षमा पुग्ने उद्देश्यले संयुक्तरुपमा दुई दिने अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्न लागिएको अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिनुभएको छ । तीन जिल्लाका विद्यार्थी तथा शैक्षिक अभियान्ताहरुको सहभागिता रहने गोष्ठीमा केन्द्रीय समितिले ने...

सुमो चालकमाथि भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध डाँका उद्योग मुद्धा दर्ता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १८ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईबिरुद्ध डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई भदौ–१६ गते बिहान आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताकेको आरोपमा नेता राईबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता भएको हो । काँग्रेस नेता राईले आफूहरुले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबरजस्ती सहयोग रकम माग गर्दै आफूमाथि भरुवा बन्दुक ताकेर ज्यान मार्ने प्रयास गरेकाले कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता गराएको चालक तामाङले बताउनुभएको छ । खार्मीस्थित बाँझोबारी घर भएका नेता राईले आफ्नै घर अगाडि सडकमा बाँस तथा मुढा तेर्साएर सडक अवरोध पार्दै आक्रमणको प्रयास गरेको भिडियो क्लिप्समा देखिएको छ । चालक तामाङ...

दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन कार्यक्रम प्रभावकारी बन्दै

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकले दूधको लागि भैँसी पाल्दै आएपनि यसअघिसम्म मासुका लागि व्यवसायिक रुपमा राँगापालन गरेका थिएनन् । यतिबेला भने नगरपालिकाभित्रका कृषकहरुले केही ठाउँमा सामूहिक र केही ठाउँमा व्यक्तिगत रुपमा व्यवसायिक राँगापालन सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पर्ने यो नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन गरेको रु ४३ लाख बजेटमा कृषक समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिनुभएको छ । पन्ध्र वडा रहेको यो ...

सुमो चालकलाई बन्दुक ताक्ने काँग्रेस नेतालाई कारबाही गर्न १४ यातायात व्यवसायी संस्थाको माग

कोशी प्रदेश, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १७ भदौ । सुमो चालकमाथि भरुवा बन्दुक ताकेर चन्दा असुली गर्ने नेपाली काँग्रेस खोटाङका सदस्य श्यामकुमार राईलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका नेता राईले सोमबार बिहान ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक सविन तामाङलाई बन्दुक तेर्साएर रकम मागेको भन्दै उनलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायीले माग गरेका हुन् । नेता राईले खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो रोकेर चालक तामाङलाई भरुवा बन्दुक देखाएर सहयोग रकम मागेको पाइएको छ । खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल याताय...

काँग्रेस नेता श्यामकुमार राईले सुमो चालकमाथि भरुवा बन्दुक तेर्साएपछि…

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
–रामधन राई खोटाङ, १६ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोक्नुभएको छ । खार्मी घर भएका काँग्रेस नेता राईले दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई आज (सोमबार) बिहान आफ्नै घर अगाडि बन्दुक तेर्साएर रोक्नुभएको हो । आफूहरुले सडक मर्मत गरेको भन्दै सहयोग रकम माग गर्दै काँग्रेस नेता राईले बन्दुक तेर्साएको चालक सविन तामाङले बताउनुभयो । चालक तामाङका अनुसार नेता राईले सडकमा बाँस तथा मुढाहरुले सडक अवरोध पारेर आक्रमणको प्रयास गरेको हो । चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीका राई लगायतले खोसेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताउनुभएको छ । नेता राईले आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको च...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिविबीचमा सहकार्यका लागि समझदारी

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका साथ नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीच आपसी समझदारी कायम गरिएको हो । शैक्षिक सहकार्य, प्रयोगात्मक अनुसन्धान र समुदाय केन्द्रित नवप्रवर्तनलाई अघि बढाउने साझा प्रतिवद्धतालाई स्वीकार गर्दै त्रिभुवन विश्वविद्यालयसँग आपसी समझदारी कायम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । नगरपालिका र त्रिविबीचको दुई पक्षीय आपसी सहकार्यको माध्यमबाट वातावरण, कृषि, शिक्षा, जीविकोपार्जन, जलवायु सहनशीलता र नवप्रवर्तनमा जोड दिने मझदारी भएको छ । राजधानी काठमाडौँमा आइतबार भएको दुई पक्षीय भेलामा गरिएको पाँच वर्षे समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट नग...

पर्यटकीयस्थलको प्रवद्र्धन गर्न माओवादी केन्द्रको जनश्रमदान अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिले जनश्रमदानमार्फत पर्यटकीयस्थलहरुको प्रवद्र्धन सुरु गरेको छ । स्थानीय जनता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुमधुर बनाउँदै गाउँपालिकाभित्र पर्ने पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले माओवादी केन्द्र गाउँपालिका कार्यसमितिले जनश्रमदान अभियान सुरु गरेको हो । जनश्रमदान अभियान अन्तरगत वडा नं. २ वाप्लुखाको कपासेभञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति पार्क (उद्यान) र रोक्सिमभञ्ज्याङको सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क र सानो हलेसी गुफा आसपासका क्षेत्रको सरसफाइ तथा वृक्षारोपण सम्पन्न गरिएको माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाभित्र प्राकृतिकरुपमै बनेका पर्यटकीयस्थलहरु धेरै छन् । तिनीहरुको प्रवद्र्धन गर्न सके...

लाभग्राही बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण गर्दै स्थानीय तह

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १३ भदौ । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालन गरेको एकीकृत सेवा शिविर ३२० सेवाग्राहीले सेवा लिएका छन् । काम विशेषले गाउँपालिका बाहिर बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरि गत साउन–२७ र २८ गते काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा तथा भदौ–१ र २ गते इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन गरेको हो । शिविरमा सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारी, वडाध्यक्षहरू र तीन जना वडासचिव शिविरमा खटिनुभएको थियो । आफ्ना नागरिकलाई पञ्जीकरण सम्बन्धिका सबै सेवा सहजरूपमा उपलब्ध गराउने गाउँ कार्यपालिका...