Sunday, August 2

राजनीति

यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्र...

वाईसिएल नेपालको केन्द्रीय सचिवमा खोटाङकी प्रविणा राई चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २४ जेठ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको केन्द्रीय सचिवमा खोटाङकी प्रविणा राई चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा खोटाङकी राई वाईसिएल नेपालको महिला केन्द्रीय सचिवमा सर्वसम्मत् चयन हुनुभएको हो । वि.सं. २०६७ सालमा पब्लिक युथ क्याम्पस धोबीचौर काठमाडौँको अखिल क्रान्तिकारी क्याम्पस इकाई कार्यसमिति सदस्यबाट राजनीति शुरु गर्नुभएकी राई राजधानी केन्द्रित पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । वि.सं. २०७५ सालदेखि वाईसिएल नेपालमा आवद्ध हुनुभएकी राई तीन कार्यकाल केन्द्रीय सदस्य हुनुभएको थियो । महाधिवेशनमा खोटाङबाट केन्द्रीय सचिवालय सदस्यमा किसान राई ‘दोबालिछा’, केन्द्रीय सदस्यमा सुदीप राई ‘बाङ्देल’ र उमेर समूहबाट केन्द्रीय सदस्यमा प्रविण राई चयन हुनुभएको छ । राज...

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २४ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो । शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताउनुभएको छ । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको थियो । पोखरामा शुक्रबार आयोजित संस्थाको दोस्रो राष्ट्रिय सम...

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा रविन सुनुवार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २३ जेठ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा रविन सुनुवार चयन हुनुभएको छ । सङ्गठनमा आस्था राख्ने प्राध्यापकहरुको शुक्रबार भएको भेलाले सुनुवारलाई क्याम्पस इकाई समितिको अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिको सचिवमा श्यामकुमार राई र कोषाध्यक्षमा कल्पना राई चयन हुनुभएको छ । सदस्यहरुमा कृष्ण गुरुङ, बेदीकुमार राई, चित्रकुमार सुवेदी, लक्ष्मीकुमार राई र सुवाशचन्द्र राई रहनुभएको छ । क्याम्पस इकाई समितिको सल्लाहकारमा हर्कवीर राई र पदम विष्ट रहनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय महासचिव तीलक केसीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य दीपक पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङका अध्यक्ष भवकृष्ण ढ...

हलेसी तुवाचुङका महिला, अपाङ्ग र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठा

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । आम्दानीको स्रोत नभएका नगरवासी छनोट गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । नगरपालिकाले पारित गरेको बङ्गुर प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई निःशुल्क उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “नगरवासीलाई बङ्गुर पालन व्यवसायमा जोड्नका लागि १६ घर परिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । रु दुई लाख बराबरको खोर बनाएका घर परिवारलाई नगरपालिकाको तर्फबाट रु ए...

जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका लागि लडिरहेको छु : नेता कोइराला

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १७ जेठ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा आफू रहेको बताउनुभएको छ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र सँस्कारको समान अधिकार...

माओवादी केन्द्र बराहपोखरी गाउँपालिका अध्यक्षमा मुकेश राई चयन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ,  १०  जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा मुकेश राई चयन हुनुभएको छ । माओवादी केन्द्र बराहपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले राईलाई सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो । ३१ सदस्यीय गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा पदमबहादुर मगर, अजम तामाङ र गणेश परियारलाई चयन गरेको छ । यस्तै, सचिवमा रामबहादुर विश्वकर्मा, सहसचिवमा बलबहादुर राई र कोषाध्यक्षमा मनिसा विश्वकर्मालाई चयन गरेको जनाइएको छ । निर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ । माओवादी केन्द्र खोटाङले यसअघि जिल्लाका आठवटा स्थानीय तहको सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा अब रावाबेँसी गाउँपालिकाको सम्मेलन गर्न बाँकी रहेको माओवादी क...

वाईसिएल नेपाल १ नं. प्रदेश सचिवमा खोटाङका शुभलाल राई ‘आदेश’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ९ जेठ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको १ नं. प्रदेश सचिवमा खोटाङका शुभलाल राई ‘आदेश’ निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपालको ईटहरीमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले आदेशलाई सर्वसम्म् सचिवमा चयन गरेको हो । १३ वर्षको कलिलो उमेरदेखि तत्कालीन नेकपा माओवादी पार्टीमा सक्रिय हुनुभएका आदेश वि.सं. २०६६ सालदेखि वाईसिएल नेपालमा आवद्ध भएर सङ्गठनमा सक्रिय रहनुभएका छ । वि.सं. २०६२ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ताका रुपमा जनकलाकार हुँदै वि.सं. २०७० सालमा वाईसिएल नेपाल विशेष प्रदेश समितिको संस्थापक सचिव तथा पहिलो राष्ट्रिय सम्मेलनमा उमेर समूहबाट केन्द्रीय सदस्य र दोस्रो राष्ट्रिय सम्मेलनमा खुला केन्द्रीय सदस्यका साथै खोटाङ इन्चार्ज चयन हुनुभएको थियो । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस काठमाडौँबाट अङ्ग्रेजी विषयमा एमएसम्मको अध्य...

नेकपा (एकीकृत समाजवादी) खोटाङद्धारा प्रधानमन्त्रीलाई नौँ बुदे स्मरणपत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि बुझाएको मागका बारेमा स्मरण गराएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङले बिहीबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै गत वैशाख–२१ गते प्रधानमन्त्री ओलीलाई आफूहरुले बुझाएको नौँ बुदे मागका बारेमा कुनै सुनुवाइ नभएपछि पुनः स्मरण गराएको हो । एकीकृत समाजवादी खोटाङले देशमा विद्यमान अवस्थामा दुई खाले शिक्षा प्रणाली र यसलाई अन्त गरेर उच्च शिक्षासम्म निःशुल्क तथा आधुनिक किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्न, आवश्यक स्वास्थ्य उपकरण, प्रयाप्त औषधिका साथै जनशत्तिसहितको अस्पताल निर्माण गरेर जनताको पहुँचमा निःशुल्क स्वास्थ्य सेवा पु¥याउन तथा भ्रष्टाचार, बेथिति र ढिलासुस्ती नियन्त्रण गर्न माग गरेको थियो । यस्तै, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न, कृषि क्षेत्रमा लागेका व्यक्तिहरुलाई व्यवसायिक ...

महुरे–फोक्सिङटार सडक : शिलान्यास भएको ३१ वर्षपछि कालोपत्रको काम पुनः शुभारम्भ

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ४ जेठ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको काम शुभारम्म गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको यो सडक कालोपत्रका लागि आइतबार मन्त्री दाहालले औपचारिकरुपमा शिलालेख अनावरण गर्दै कालोपत्रको काम शुभारम्भ गर्नुभएको हो । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ । आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको जनाइएको छ । दिव्यज्यो...