Sunday, August 2

राजनीति

महिलाको नेतृत्वमा हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २ वैशाख । जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकालाई नगरप्रमुख विमला राईले हाँकिरहनुुभएको छ । वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार एमालेका खडेन्द्र राईलाई पराजित गर्दै नेपाली काँग्रेसको तर्फबाट राई नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । स्थानीय तह कार्यान्यवनमा आएपछि पहिलो पटक वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख राई यही नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएको थियो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यस नगरपालिकाको वर्तमान नगर उपप्रमुखमा नेपाली काँग्रेसकै रमेशकुमार राउत हुनुहुन्छ । एघार वडा रहेको यस हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयले गरेको सेवा प्रवाहको काम जनपक्षीय रहेको सबै क्षेत्रबाट प्रतिक्रिया आउने गरेको छ । हिन्दु, बौ...

किराती राष्ट्रिय मुक्ति मोर्चाको सङ्घीय अध्यक्षमा पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भातृ सङ्गठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सङ्घीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ चयन हुनुभएको छ । तत्कालीन १ नंं प्रदेश (हाल कोशी प्रदेश) सरकारका पूर्व खानेपानी, सिँचाइ, जलश्रोत तथा उर्जामन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङलाई धरानमा सम्पन्न किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनले सर्वसम्मत् सङ्घीय समिति अध्यक्षमा चयन गरेको हो । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख–२८ गते धरानस्थित भानुचोकमा उद्घाटन गर्नुभएको सम्मेलनले १३ सदस्यीय सङ्घीय समितिको पदाधिकारीमा मोरङका तीलकप्रसाद राई वरिष्ठ उपाध्यक्ष तथा खोटाङका सुशिल बान्तावा राई, मोरङका अर्जुन जम्नेली र सुनसरीका ज्ञानबहादुर राई उपाध्यक्षमा चयन गरेको छ । धरानको लाङ्घाली सा...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङका प्रभात र सहसचिवमा देशकुमार चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २९ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको सचिवमा खोटाङका प्रभात राई र सहसचिवमा देशकुमार राई चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न वाईसिएलको प्रथम सम्मेलनले राईद्धयलाई सचिव र सहसचिवमा सर्वसम्मत् चयन गरेको हो । विशेष प्रदेश समिति सचिवमा निर्वाचित प्रभात वाईसिएल नेपाल खोटाङका निवर्तमान सचिव तथा सहसचिवमा निर्वाचित देशकुमार हलेसी तुवाचुङ नगर सम्मेलन समितिका संयोजक हुनुहुन्थ्यो । वाईसिएल नेपाल विशेष प्रदेश समिति काठमाडौँ उपत्यकालाई कार्यक्षेत्र बनाएर सङ्गठनमा सक्रिय रहेका ७७ वटै जिल्लाका कार्यकर्ताहरुलाई समेटेर निर्माण गरिएको जनाइएको छ । माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ६१ सदस्यीय समिति चयन गरेको छ । समितिको अध्यक्षमा नवीन थापा...

बराहपोखरीमा ४१ वटा योजना सम्पन्न, कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २६ वैशाख । बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएको पाइएको छ । गाउँपालिकाले वैशाख–२५ गते सार्वजनिक सुनुवाइ गर्दै सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी रहेको जानकारी दिएको छ । गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलका अनुसार आर्थिक २०८१÷०८२ मा वडा नं.–१ बराहपोखरीमा १८ वटा योजना सम्झौता गरिएकोमा आठवटा योजना सम्पन्न भइसकेको छ । यस्तै, वडा नं.–२ सुन्तलेमा दशवटा योजना सम्झौता गरिएकोमा आठवटा सम्पन्न, वडा नं.–३ साउनेचौंरमा ११ वटा योजना सम्झौता गरिएकोमा सातवटा योजना सम्पन्न भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा १२ योजना सम्झौता भएकोमा आठवटा, वडा नं.–५ पौवासेरामा आठयोजना सम्झौता गरिएकोमा चारवटा र वडा नं.–६ मौवाबोटेमा आठयोजना सम्झौता गरिएकोमा छवटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । बाँकी रहेका २६ वटा योजना पन...

कोशी प्रदेशका मन्त्री राईविरुद्ध कार्यकर्ताको नाराबाजी, कडा सुरक्षाघेराभित्र वार्ता हुँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २५ वैशाख । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईविरुद्ध आज (बिहीबार) गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकामा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन् । नागरिक भेटघाट कार्यक्रम लिएर गृह जिल्ला खोटाङ आउनुभएका मन्त्री राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् । मन्त्री राईको कार्यक्रम अवरोध गर्न साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राई आफै टोलीको नेतृत्व गर्दै कार्यक्रमस्थलमा खटिनुभएको छ । कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र गाउँपालिका प्रमुखबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानक...

वाईसिएल नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती सर्वसम्मत चयन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २४ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिल नेपाल खोटाङको आज (बुधबार) राति सम्पन्न प्रथम जिल्ला सम्मेलनले किरातीलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा चेवन बुधाथोकी, जीवनज्योति राई र मिनाकुमारी घिमिेरे (बुधाथोकी), सचिवमा सुजेन राई, सहसचिवमा विजय राई र राजेश प्रधान तथा कोषाध्यक्षमा वुद्धिकुमार राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई वाईसिल नेपालका केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला ईन्चार्ज शुभलाल राई ‘आदेश’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ । वाईसिएल नेपाल खोटाङको ५५ सदस्यीय जिल्ला कार्यसमितिमा एकजना महिला सहसचिवको पद भने, खाली राखिएको जनाइएको छ । खाली राखिएको पदमा जन्तेढुङ्गा गाउँपालिकाका...

रास्वपा खोटेहाङका सभापतिसहित ३० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिका सभापति प्रदीप आचार्यसहित ३० जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएका छन् । पार्टीका केन्द्रीय नेताहरुको कार्यशैलि तथा पार्टीको नीति जनपक्षीय नभएको भन्दै सभापति आचार्यसहितका नेता तथा कार्यकर्ताहरु बिहीबार माओवादी केन्द्रमा समाहित भएका हुन् । माओवादी केन्द्रले खोटेहाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँपालिका पार्टी सचिवालय सदस्य एवम् एमालेबाट खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्वाचित वडा सदस्य किरण राईसमेत माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । राईसँगै एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल प्रवेश गर्नुभएको माओवादी केन्द्रले जनाएको छ । समाहित भएका तथा पार्टी प्रवेश गर्नुहुने नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस...

वाईसिएल नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा लेखबहादुर रम्तेल

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १३ वैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा लेखबहादुर रम्तेल चयन हुनुभएको छ । दिक्तेलमा वैशाख–१२ गते सम्पन्न वाईसिएलको दोश्रो नगर सम्मेलनबाट रम्तेल अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो । ३१ सदस्यीय नगर कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र विश्वकर्मा र सावित्रा बास्तोला, सचिवमा सुरेन्द्र राई, सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा सम्पन्न सम्मेलनमा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुवोधराज सेर्पाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राई, केन्द्रीय सदस्यहरु समिति कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, जिल्ला सचिव सँगिन किराती लगायतको उपस्थिति थियो । नगर सम्मेलन उद्घाटनअघि दिक्तेल बजारमा ¥य...

जिसस खोटाङको नवौँ जिल्लासभा : बहुउपयोगी र बहुवर्षे योजना बनाउन आग्रह

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २६ चैत । जिल्ला समन्वय समिति खोटाङको नवौँ जिल्लासभा तथा अर्धवार्षिक समिक्षा कार्यक्रम शुरु भएको छ । ‘विचारसहितको विकास, समृद्ध खोटाङ निकास’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति खोटाङले नवौँ जिल्लासभा तथा अर्धवार्षिक समिक्षाका लागि दुई दिने कार्यक्रम आयोजना गरेको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको छ । प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले फूलको गमलामा पानी हालेर औपचारिक उद्घाटन गर्नुभएको कार्यक्रममा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले आ–आफ्नो कार्यालयले सञ्चालन गरेको गतिविधिका बारेमा प्रगति विवरण पेश गरेका छन् । कार्यक्रममा ...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव सार्वजनिक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्नका लागि प्रस्ताव सार्वजनिक गरेको छ । राजनीतिक दल, सङ्घ÷संस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरुको सुझावको आधारमा नगरपालिकाको नाम परिवर्तन गर्ने तयारी गरिएको भन्दै नगरपालिकाले आज (सोमबार) प्रस्ताव सार्वजनिक गरेको हो । नगरकार्यपालिकाको बैठकले गरेको निर्णय सार्वजनिक गर्न नगरपालिकाले आज (सोमबार) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाको नाम परिवर्तन सम्बन्धी प्रस्तावसमेत सार्वजनिक गरिएको छ । आगामी वैशाख–१ र २ गते गर्न लागिएको रेडपाण्डा तथा थार महोत्सव, जेठ–१५ गते पर्ने गणतन्त्र दिवस, शैक्षिक सुधार कार्यदलको प्रतिवेदन, नगरपालिकाको सेवा प्रवाहमा गुणस्तर सुधार लगायतका विषयमा निर्णय गर्न आज (सोमबार) बसेको नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तन सम्बन्धी प्रस्त...