Sunday, August 2

राजनीति

जनयुद्धमा बुबाआमा दुवै गुमाएका प्रतिक अखिल क्रान्तिकारीको महासचिवमा उम्मेदवार

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । बुबा शहीद दिलकाजी कार्की र आमा शहीद इन्दिरा कार्कीको कोखबाट वि.सं. २०५५ कातिक–१ गते जन्मनुभएका महासचिव पदका उम्मेदवार प्रतिक अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय समिति सदस्य हुनुहुन्छ । नेश्नल ल कलेज काठमाडौँमा स्नातकोत्तर अध्ययनरत प्रतिकले अखिल क्रान्तिकारीको महासचिव पदमा दिनुभएको उम्मेदवारीलाई निक्कै महत्वका साथ हेरिएको छ । नेपाल ल क्याम्पस काठमाडौँमा वि.सं. २०७२ सालमा बि.ए. एल. एल. बि. अध्ययनका...

अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूको उम्मेदवारी दर्ता

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूले उम्मेदवारी दर्ता गर्नुभएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यसमितिको निवर्तमान सचिवसमेत रहनुभएका खम्बूले यही माघ–१२ गते हुने राष्ट्रिय निर्वाचनका लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । देशमा भइरहेको शैक्षिक बिकृति, बिसङ्गति तथा शैक्षिक दलालहरुको अन्त्य गर्दै शिक्षा क्षेत्रमा आमूल रुपान्तरण गर्नका लागि आफूले केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको खम्बूले बताउनुभएको छ । “समग्र विद्यार्थी आन्दोलनलाई नयाँ रूपमा विकास गर्दै आजको समयमा थप विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नुछ । दश वर्षे महान जनयुद्धको जगमा भएको २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु खतरामा पर्दै गएको छ”, उपमहासचिव ...

माओवादी केन्द्र युवा विशेष महाशाखा १ नं. प्रदेशको अध्यक्षमा खोटाङका प्रभात राई

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा विशेष महाशाखा १ नं. प्रदेशको अध्यक्षमा खोटाङका प्रभात राई चयन हुनुभएको छ । काठमाडौँको बागबजारमा आज (शनिबार) सम्पन्न प्रथम प्रदेश सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् योङ कम्युनिष्ट लिग (वाईसियल)का वरिष्ठ केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ ‘कसम’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा पर्शुराम धमला ‘अतीत’, सचिवमा अनुज खनाल खत्री, सहसचिवमा ज्ञानदीप राई र कोषाध्यक्षमा नमिता राउतलाई चयन गरेको छ । युवा विशेष महाशाखा १ नं. प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि गुरुङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ । सम्मेलन उद्घाटन कार्यक्रमका वक्ताहरूले आफ्नो अधिकार प्राप्तिका निम्ति हरेक समस्याहर...

माओवादी केन्द्र खोटेहाङ गाउँपालिका पार्टी अध्यक्षमा पुनः दीपेन थुलुङ

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः दीपेन थुलुल दोहोरिनुभएको छ । माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिको आज (बिहीबार) सम्पन्न दोस्रो पालिका सम्मेलनले थुलुङलाई दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिएको हो । सर्वसम्मत् चयन गरिएको ३५ सदस्यीय गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा ईन्द्रहाङ किराँती र सुरेन्द्र अधिकारी, सचिवमा किरण राई, सहसचिवमा पारस राई र कोषाध्यक्षमा कमला विश्वकर्मा चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काम्बाङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ । सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता काम्बाङले नेपालमा श्रमजीवि वर्गको पार्टी नेकपा (माओवादी केन्द्र)मात्रै रहेको बताउनुभएको छ ...

माओवादी केन्द्र दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा किसान राई ‘दोबालिछा’

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमितिको अध्यक्षमा किसान राई ‘दोबालिछा’ चयन हुनुभएको छ । डाँडागाउँमा आइतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो गाउँपालिका सम्मेलनले राईको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । गाउँपालिका अध्यक्षमा चयन हुनुभएका राई योङ कम्युनिष्ट लिग (वाईसियल)का जिल्ला संयोजक समेत हुनुहुन्छ । माओवादीको दिप्रुङ चुइचुम्मा गाउँपालिका सम्मेलनले अधिकांश युवा पुस्तालाई गाउँपालिका कार्यसमितिमा चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण राई, कर्ण राया र विजय राई, सचिवमा अरुण राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्षमा प्रमिला विश्वकर्मा चयन हुनुभएको छ । गाउँपालिका कार्यसमिति चयन हुनुभएका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर का...

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १७ पुस । नेपाली काग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित बि.पि. स्मृति भवनमा आज (बुधबार) सम्पन्न प्रथम जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्रा राई, सचिवमा लोकमणि श्रेष्ठ, सहसचिवमा मीना कार्की र कोषाध्यक्षमा हरिकुमार बानियाँ चयन हुनुभएको छ । सदस्यहरुमा भानुभक्त अधिकारी, युवराज पोखरेल, मकर थामी, ज्ञानबहादुर राई, मनोज आचार्य, जगत मगर, राजनप्रसाद आचार्य, अम्बिका अधिकारी, कृष्णकुमारी आचार्य र लीलबहादुर बस्नेत रहनुभएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ नेपालका केन्द्रीय सदस्यद्धय बलदेव मण्डल र प्रेमगीता बस्नेतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको प्रदेश र सङ्घीय ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा चयन हुनुभएको छ । रास्वपाले आज (शनिबार) दिक्तेल बजारमा आयोजना गरेको प्रथम जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापालाई सभापतिमा बहुमतको आधारमा चयन गरेको हो । रास्वपा खोटाङको जिल्ला सभापतिमा नवनिर्वाचित थापासँगै डा.राजकुमार राई आकाङ्क्षी देखिनुभएको थियो । थापा र राईमध्ये एकजनालाई जिल्ला कार्यसमिति खोटाङको सभापतिमा चयन गर्न भेलामा सहभागी सदस्यहरुलाई अवसर दिँदा थापाको पक्षमा बहुसङ्ख्यक सदस्यहरु उभिएको रास्वपाले जनाएको छ । दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला भेलाले थापाको नेतृत्वमा दश सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरुमा टङ्ककुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल चयन हु...

माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गेशकुमार राई चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिको अध्यक्षमा गेशकुमार राई चयन हुनुभएको छ । ऐसेलुखर्क बजारमा सोमबार साँझ सम्पन्न दोस्रो सम्मेलनले राईको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नन्दिकेशर वन, पुरूषोत्तम राजभण्डारी र नृपध्वज राई, सचिवमा ललित लम्साल, सह–सचिव भक्तबहादुर तामाङ र कोषाध्यक्षमा गीता श्रेष्ठ चयन हुनुभएको प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’ले जानकारी दिनुभयो । सम्मेलनबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश पार्टी ईन्चार्ज हरिबोल गजुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । खबरदारीसभा समेत आयोजिना गरिएको पालिका सम्मेलनमा संविधानसभा सदस्यहरु गोपाल गिरी, दुर्गाजयन्ती राई,  प्रदेश समिति सदस्य होमकाजी आचार्य ...

माओवादीले सम्झियो जनयुद्धका भूमिगत, शहीद परिवार र सेल्टरदाता

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जनयुद्धमा भूमिगत भएका, शहीद परिवार र सेल्टरदातालाई सम्मान गरेको छ । माओवादी केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाबाट जनयुद्धमा भूमिगत भएका १६ जना, दुई शहीद परिवार र २२ जना सेल्टरदातालाई सम्मान गरेको हो । माओवादी केन्द्र वडा समिति दोर्पाचिउरीडाँडाको दोस्रो सम्मेलनको अवसरमा उनीहरुलाई प्रशंसा तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको जिल्ला संयोजक दीपक पण्डे ‘आकाश’ले जानकारी दिनुभयो । माओवादी केन्द्रले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्धन्द्धकालमा भूमिगत भएका नवराज चौंलागाई, सम्बर राई, काजीराम राई, निरकुमार खड्का, कुलबहादुर खड्का, धुर्ब बुढाथोकी ‘धिरेन’, रमिला बुढाथोकी, बबिता बुढाथोकीलाई सम्मान गरेको छ । यस्तै, एकराज बुढाथोकी, उत्तरकुमार राई, इन्द्रकला राई, टेकबहादुर राई, टीकाराम राई, कमला थापा, सु...

उपभोक्ताको टोलमै पुगेर योजना सम्झौता गर्न अभियान

राजनीति, समाचार
खोटाङ, १९ मङ्सिर । खोटेहाङ गाउँपालिकाले स्थानीय उपभोक्ताको घर तथा टोलमा पुगेर गाउँपालिकाद्धारा स्वीकृत योजना तथा कार्यक्रम सम्झौता अभियान शुरु गरेको छ । अभियान अन्तरगत चालू आर्थिक वर्ष २०८१÷०८२ मा गाउँसभाबाट स्वीकृत भएका वडास्तरीय, पालिकास्तरीय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमहरु स्थानीय उपभोक्तासँग सम्झौता गर्नुका साथै अभिमुखीकरण कार्यक्रमसमेत शुरु गरिएको हो । स्वीकृत भएका योजना सम्झौता गर्न गाउँपालिकासम्म धाउनुपर्दा सम्बन्धित उपभोक्ता समिति र व्यक्तिको अधिक खर्च हुने तथा समय समेत खेर जाने भएकाले वडा तथा गाउँटोलमै पुगेर जनतालाई सेवा दिन अभियान शुरु गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो । “अभियानको पहिलो दिन मङ्सिर–१८ गते वाप्लुखामा चारवटा योजनाको सम्झौता, बैङ्क खाता खोल्ने र आठजना व्यक्तिसँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौता तथा लिकुवापोखरीमा छवटा ...