Saturday, August 1

समाज

रावाबेँसीमा १८४ मेट्रिक्टन लिची उत्पादन, एउटै बोटबाट रु ४५ हजारको बिक्री

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २० असार । रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । कृषि शाखा प्रमुख बास्तोलाका अनुसार वडा नं. २ खार्पामा २४ मेट्रिक्टन, वडा नं. ३ लामीडाँडामा १६, वडा नं. ४ धारापानीमा १६, वडा नं. ५ दुवेकोलमा आठ र वडा नं. ६ हौँचुरमा ३२ मेट्रिक्टन उत्पादन भएको छ । भर्खरै फल्न थालेको लिचीको दुईवटा बिरुवा बोटबाट यस वर्ष रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले जानकारी दिनुभएको छ । “प्रति दाना रु एकमा बिक्री गर्दा यस वर्ष रु ३० हजार आम्दानी भयो । आगामी दिनमा लिचीका थप बिरुवा रोप्ने तय...

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १९ असार । सामाजिक तथा राजनीतिक विमर्शका रुपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार–२१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङ्गे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन–४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीको रुपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्यान्ह १२ बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जनकारी दिनुभएको छ । नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिनुभएको छ । “नाटकले राज...

एसइईमा खोटाङका पाँच माविको नतिजा शून्य, पाँचवटासम्म विषयमा विद्यार्थी अनुत्तिर्ण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका पाँच विद्यालयको नतिजा शून्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जालपा मावि नुनथला, जनता मावि सल्ले, याङ्सोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरेको को नतिजा शून्य आएको हो । राधाकृष्ण मावि र जालपा माविबाट १७÷१७, जनता माविबाट आठ, याङ्सोला माविबाट छ र शान्तोदय माविबाट पाँचजना विद्यार्थीले एसइई दिएका थिए । शून्य नतिजा आएका विद्यालयका केही विद्यार्थीलाई पाँचवटासम्म विषय लागेको पाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । एसइईमा विद्यालयले शून्य नतिजा ल्याएपछि व्यवस्थापन समिति र शिक्षकहरुको चर्को आलोचना भइरहेको छ । सरकारी तलबभत्ता खाएका शिक्षकहरुले आफू राजनीतिमा लागेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै अभिभावकहरुले शिक्षकमाथि आक्रोश पोखिरहेका छन् । एसइई...

सामुहिक रोपाइँमा जुटे राजनीतिक दलका भातृ सङ्गठन

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
–रामधन राई खोटाङ, १५ असार । राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट सङ्घ–सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दल निकट युवा तथा किसान सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका हुन् । धान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसीएल नेपाल खोटाङमा आवद्ध युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मीना पराजुलीको १० रोपनी खेतमा रोपाइँ गरेका छन् । वाईसीएल जिल्ला अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यसहितका टोलीले जिल्ला उपाध्यक्षसमेत रहनुभएकी पराजुलीको खेतमा रोपाइँ गरेको हो । वाईसीएल नेपालको केन्द्रिय सर्कुलर बमोजिम जनशक्ति अभावमा बाँझिएका खेतमा रोपाइँ गरिएको वाईसीएल खोटाङले जनाएको छ । ‘धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइएको धान दिवसमा प्रायः युवा सहभा...

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर खोप अभियान शुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १५ असार । खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर डोजको खोप अभियान शुरुवात गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियान आइतबार जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतलाई खोप लगाएर शुरुवात गरिएको हो । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका सबै वडाका लागि खोप अभियान सञ्चालन गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । दुवै नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई खोप केन्द्र निर्धारण गरेर शुरुवात गरिएको पहिलो चरणको बुस्टर फायजर खोप अभियान यही असार–१९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । अभियानका क्रममा यसअघि खोप लगाएको वर्ष दिन नाघेका तथा १२ वर्षमाथिका सबै व्यक्तिलाई बुस्टर फायजर डोजको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएक...

बहुसाँस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिन्ह खुर्पेटो (घोरप्याक)को प्रतिमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १५ असार । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसाँस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिन्ह खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसाँस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिन्ह खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो । वडा कार्यालय ईन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभएको छ । “इन्द्रेणीपोखरीलाई पर्यटकीय हबको रुपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरात समुदायको वाबु (चिण्डो), हिन्दु धर्मावलम्बीको लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “इन्द्रेणीपोखरीमा जातीय बाहुल्यताको हिसाबमा मग...

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँग सहकार्य गर्ने समझदारी

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १४ असार । हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल (विद्यालय) र रातो बङ्गला फाउन्डेसन पाटनढोका ललितपुरसँग सहकार्य गर्ने समझदारी भएको छ । नगरपालिकाभित्र सञ्चालित २२ वटा आधारभूत तहका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र फाउन्डेसनसँग तीन वर्षसम्म सहकार्य गर्ने समझदारी भएको हो । स्कूल र फाउन्डेसले तीन वर्षसम्म एकजना अधिकृतस्तरको कर्मचारी, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र शिक्षकका लागि विभिन्न चरणको तालिम उपलब्ध गराउने त्रिपक्षीय समझदारीपत्रमा उल्लेख छ । नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । त्रिपक्षीय समझदारीअनुसार तीन वर्षको अवधिमा र...

विदेशबाट फर्कने खार्मीका युवा रोपाइँमा रमाउँदै

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
–रामधन राई खोटाङ, १४ असार । दुई वर्ष मलेसियामा काम गरेर फर्कनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २१ वर्षीय दिलिप राई यतिखेर एक हल गोरुको साथ छोड्नुभएको छैन । साथमा गाउँका युवा साथीहरु बाउसे र रोपाहार । दिलिप भन्नुहुन्छ, “यहीँ गज्जब छ ।” दिलिप जस्तै युवाहरु धान रोपाइँमा रमाइरहेका छन् विदेशबाट फर्किएका खार्मीका धेरै युवा । न थकान न बाध्यता । दिलिपकै जेठो दाजु २५ वर्षीय विकास पनि ब्रुनाईबाट भर्खैर घर फर्किएर रोपाइँमै रमाइरहनुभएको छ । अनि अघिल्लो पुस्ताका दीर्घ राई आधी उमेर विदेशमा बिताएर गाउँमा खुब रमाइरहनुभएको छ । अहिले रोपाइँमा उहाँको माग भ्याइ–नभ्याइ छ । विदेशको भोगाइ सुनाउँदै काम गर्ने शैलि उहाँको चकिलो मान्छन् । रसिलो स्वभाव र व्यवहारका राई जस्तै बालाशेर राई, हर्कराज राई, बोलकुमार राई ‘बिन्दे’, महेश राई ‘मन्त्री’, दीर्घकुमार राई ‘काजी’, पवन राई लगायत यसरी नै रम...

केपिलासगढी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १३ असार । केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका २२३ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ६१५ जना बालबालिकाले १४ प्रकारका रोगविरुद्धको नियमति खोप लगाएको सुनिश्चित भएपछि शुक्रबार केपिलासगढीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणासँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका प्रमुख समीर राईलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका प्रमुख राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, गाउँपालिका उपप्रमुख गुरुराज राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौ...

दिप्रुङ चुइचुम्माको वार्षिक बजेट रु ५६ करोड दुई लाख ६८ हजार

अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरुणा थापामगरले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु २६ करोड ३५ लाख, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु एक करोड ३६ लाख पाँच हजार, विशेष अनुदान अन्तरगत सङ्घीय सरकारबाट रु एक करोड १२ लाख, सङ्घीय सरकारको समपुरक अनुदान रु एक करोड ४८ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु एक करोड ३० लाख रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र वडाका लागि चालु प्रशासनिक खर्च रु १२ करोड २७ लाख ५६ हजार ५८९, पालिकास्तरीय पुँजीगत योजनाका लागि रु दश करोड ६२ लाख तथा वडास्तरीय पुँजीगत योजनाका लागि रु एक करोड ५२ लाख बजेट विनियोजन गरि...