शुभम् फाउण्डेशन घटना प्रकरण : बाल यौन दुरुपयोग मुद्दामा कृषि विज्ञ मदन राई दोषी ठहर
खोटाङ, १३ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले कृषि विज्ञ मदन राईविरुद्ध दर्ता गरेको मुद्दामा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ । पीडित भनिएकी किशोरीले दिएको उजुरीको आधारमा प्रहरीले दर्ता गरेको बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा कृषि विज्ञ राईलाई अदालतले यही माघ–१० गते कसुरदार ठहर गरेको हो ।
जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले कृषि विज्ञ राईलाई दोषी ठहराएको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टराईले जानकारी दिनुभएको छ । यद्यपि, कृषि विज्ञ राईलाई दोषी ठहर गरेपनि कति सजाय हुने भन्नेबारे भने अर्को पेसीमा सुनुवाइ हुने जिल्ला अदालतले जनाएको छ ।
अदालतका सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि यही माघ–२५ गतेलाई अर्को पेसी तोकिएको छ । दिक्तेलस्थित सोल्मामा आफैले सञ्चालन गरेको शुभम् फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा कृषि विज्ञ रा...
