Tuesday, September 15

स्वास्थ्य

प्रथम राष्ट्रिय कोदो दिवस : खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएको हो । कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य रु ५० राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं. २ सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई लगायतले संयुक्तरुपमा सार्वजनिकीकरण गर्नुभएको छ । शुभम् फाउण्डेशनमा ...

साकेलामा अपाङ्ता भएका नागरिकका लागि सहायता समाग्री वितरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ साउन । साकेला गाउँपालिकाले अपाङ्ता भएका नागरिकको सहजताका लागि सहायता समाग्री वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको अपाङ्ता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका नागरिकहरुलाई सेतो छडी, श्रवणयन्त्र र हिँडडुल गर्न प्रयोग हुने कुइनो वैशाखी वितरण गरेको हो । जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकाले सबै प्रकारका नागरिकको सहजताका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाभित्र पर्ने सबै वडाका नागरिकलाई उपलब्ध गराउनेगरी सुरुवात गरिएको कार्यक्रम अन्तरगत बिहीबार वडा नं. २ रतन्छाका दश जना नागरिक सहायक समाग्रीहरु हस्तान्तरण गरिएको हो । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले सहायक सामग्री हस्तान्तरण गर्नुभएको छ । अन्य वडाका अपाङ्गता भएका नागरिकहरुलाई क्रमश सहायक समाग्रीहरु वितरण ग...

कुवा तथा खोलाको पानी उपभोग गर्न बाध्य दिप्सुङवासीका १०१ घरमा स्वच्छ खानेपानी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १२ साउन । केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित बिसुदुका ४३ घर स्थानीयवासीको घर–घरमा धारामार्फत स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका दिप्सुङवासीका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक धारा’ कार्यक्रममार्फत घर–घरमा धारा निर्माण गरेर स्वच्छ खानेपानी उपलब्ध गराइएको हो । स्थानीय सङखोला मुहानबाट आठ हजार ७९२ मिटर लामो पोलेथिन पाइप प्रयोग गरेर ल्याइएको पानी विभिन्न ठाउँमा छ÷छवटा सङ्कलन तथा वितरण ट्याङ्की निर्माण गरेर उपभोक्ताको घर–घरमा निर्माण गरिएको धारामार्फत खानेपानी वितरण गरिएको जनाइएको छ । जी फोण्डेशन नेपालको आर्थिक तथा प्राविधि सहयोगमा सञ्चालन गरिएको ‘दिप्सुङ खानेपानी परियोजना’बाट स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि दिप्सुङस्थित बिसुदुका ४३ घरका २२४ जना उपभोक्ता लाभान्वित भएका छन् । तत्कालीन जिल्ला विकास समि...

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २६ असार । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५८ जना नागरिक लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले अर्खौले बजारमा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न वडाबाट आएका ८४ जना महिला र ७४ जना पुरुषगरी १५८ जना नागरिक लाभान्वित भएका हुन् । रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी (कर्नेल) केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोली निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको छ । निःशुल्क स्वास्थ्य शिविरका लागि जिल्ला अस्पताल खोटाङले विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी तथा औषधि उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय र नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएको थियो । नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै बिपन्न समुदायमा जन्मिएका नागरिकलाई गाउँमै निःशु...

खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, २२ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि आइतबार खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका सबै बालबालिकाले सरकारले निःशुल्क प्रदान गर्दै आएको १४ प्रकारको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिनुभएको छ । “जिल्लामा १५ महिनामूनिका दुई हजार ५५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका सात हजार ५८२ जना बालबालिका रहेका छन् । उनीहरुले खोप तालिकाअनुसार सबै बालबालिकाले लगाए÷नलगाएको पहिचान गरिन्छ”, उहाँले भन्नुभयो, “छुटेका बालबालिकालाई सबै प्रकारका खोपको मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा...

स्थापना भएको ३३ वर्षपछि जिल्ला अस्पताल खोटाङमा ५० शय्याको सेवा शुभारम्भ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २२ असार । जिल्ला अस्पताललाई १५ शय्याबाट विस्तारगरी ५० शय्याको सेवा शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ–१२ गते ५० शय्यामा स्तरोन्नति गर्ने निर्णया गरेपछि आइतबार कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो । अस्पताल भवन निर्माणको काम बाँकी रहेपनि अन्य सेवा विस्तारका लागि ५० शय्याको अस्पताल उद्घाटन गर्नुपर्ने बाध्यता सिर्जना भएको मन्त्री राईले बताउनुभएको छ । “पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न मन्त्रालयले प्रयाप्त बजेट उपलब्ध गराएको छ । ५० शय्याको सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन”, उहाँले भन्नुभयो, “अब लोकसेवा आयोगले विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुलाउँछ । आगामी भदौसम्ममा यो अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । अब बिगतमा जस्तो सामान्य बि...

हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १६ असार । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनामूनिका ३३७ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि ५९ महिनासम्मका एक हजार १८४ जना बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएपछि सोमबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितता घोषणासभामा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी लगायतले दीगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएसँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दीगोपनाको प्रमाणपत्र नगरप्रमुख विमला राईलाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन...

खोटाङलाई असार–२२ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिने

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १५ असार । दश स्थानीय तह रहेको खोटाङलाई यही असार–२२ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जन्मेदेखि १५ महिनासम्मका दुई हजार ५५७ जना बालबालिकाले नियमित तथा १६ देखि ५९ महिनासम्मका सात हजार ५८२ जना बालबालिकाले पूर्ण खोप लगाएको पुष्टि भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको हो । जिल्लाका नौँ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिसकिएको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकालाई भोलि (असार–१६ गते) घोषणा गर्ने तयारी गरिएको जिल्ला खोप समन्वय समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणासभाको अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्म...

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर खोप अभियान शुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १५ असार । खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर डोजको खोप अभियान शुरुवात गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियान आइतबार जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतलाई खोप लगाएर शुरुवात गरिएको हो । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका सबै वडाका लागि खोप अभियान सञ्चालन गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । दुवै नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई खोप केन्द्र निर्धारण गरेर शुरुवात गरिएको पहिलो चरणको बुस्टर फायजर खोप अभियान यही असार–१९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । अभियानका क्रममा यसअघि खोप लगाएको वर्ष दिन नाघेका तथा १२ वर्षमाथिका सबै व्यक्तिलाई बुस्टर फायजर डोजको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएक...

केपिलासगढी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १३ असार । केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका २२३ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ६१५ जना बालबालिकाले १४ प्रकारका रोगविरुद्धको नियमति खोप लगाएको सुनिश्चित भएपछि शुक्रबार केपिलासगढीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणासँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका प्रमुख समीर राईलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका प्रमुख राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, गाउँपालिका उपप्रमुख गुरुराज राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौ...