Sunday, September 13

समाज

टिमुरे बजार ध्वस्त, सयौँ उद्वारको पर्खाइमा, कति बेपत्ता भए छैन हिसाब

टिमुरे बजार ध्वस्त, सयौँ उद्वारको पर्खाइमा, कति बेपत्ता भए छैन हिसाब

गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजार ध्वस्त बनाएको छ । गोसाईकुण्ड गाउँपालिका–२ को सदस्य पेमा दोर्जेका अनुसार टिमुरे बजार पूरै ध्वस्त भएको छ । त्यसमा कति जना बेपत्ता भए भन्ने यकिन नै छैन । साथै सयौँ उद्वारको पर्खाइमा बसेको उहाँले जानकारी दिनुभएको छ । “बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउदै तहसनहस भयो । टिमुरे बजार केही पनि बाँकी छैन”, उहाँले भन्नुभयो, “बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाहा छैन । टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।” उहाँले थप्नुभयो, “हामी जोडिएकाहरु माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं । साना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने केही छैन । बगेको प...
दिक्तेल रुपाकोट मझुवागढीलाई प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त बनाउन अभियान

दिक्तेल रुपाकोट मझुवागढीलाई प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त बनाउन अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त सार्वजनिकस्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पर्ने यो नगरपालिकालाई सफा, सुन्दर र सभ्य बनाउन तीन महिने अभियान सुरु गरिएको हो । विद्यालयस्तरबाट सुरु भएको वातावरणीय चेतना र सिकाइ अभियानलाई घर, टोल, बजार तथा समुदायस्तरसम्म विस्तार गर्ने योजना रहेको नगरपालिकाका उप्रमुख विशन राईले जानकारी दिनुभएको छ । जिल्लाको सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) यो नगरपालिकाले अभियानको पहिलो चरणको अभियान गत साउन–१८ गते कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयलाई प्रमुख साझेदार बनाएर विद्यालयस्तरीय १५ दिने अभिमुखीकरण अभियान सञ्चालन गरिएको थियो ...
अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

अपराध, अर्थ, कृषि, कोशी प्रदेश, समाचार, समाज
खोटाङ, ९ भदौ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिस प्रजातिको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको उत्तिसको गोलिया काठ कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । गोलिया काठ व्यवसायीले सार्वजनिकस्थलको रुख कटान गरेर अवैधानिकरुपमा निकासी गर्न लागेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा निरीक्षण गर्दा त्यस्तै देखिएपछि गोलिया काठ बरामद गरिएको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभएको छ । “साप्सुखोला किनारमा छरपस्ट रहेका उत्तिस प्रजातिका गोलिका काठ मेरो हो भनेर दाबी गर्न अहिलेसम्म कोही आएका छैनन् । काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौ...
हलेसी तुवाचुङका घरविहीन तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर

हलेसी तुवाचुङका घरविहीन तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर

#, अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ८ भदौ । हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रति परिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बसोवास गर्दै आएका वडा–२ डिकुवाका देशवीर राई र वडा–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं.–१० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका छन् । वृद्ध दम्पत्तिमात्र रहेका डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आउनुभएको थियो । लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आउनुभएका बृद्ध दम्पत्तिको लागि नगरपाल...
ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन हुँदा ३७० घर उपभोक्ता लाभान्वित

ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन हुँदा ३७० घर उपभोक्ता लाभान्वित

#, कोशी प्रदेश, गृह पृष्ठ, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ८ भदौ । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा वडामा एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन आएपछि ३७० घर स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नं. २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आपूर्ति योजना र झाँक्रीवास खानेपानी आपूर्ति आयोजना तथा वडा नं. ७ माक्पामा रोलुखोला नोरुङ खानेपानी आपूर्ति आयोजना सञ्चालनमा ल्याइएको हो । एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन गरेर उपभोक्ताको घर र सार्वजनिकस्थलमा गरि ३७२ वटा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । “तीनवटै खानेपानी आयोजना तोकिएको मितिभन्दा अगावै सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । सबैको घरमा निर्माण गरिएका धारामा प्रयाप्तमात्रामा स्वच्छ खानेपानी उपलब्ध भएको छ”, ...
भाडाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा

भाडाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित दोबेलाका स्थानीयको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि शुक्रबार आफ्नै कार्यालय भवनमा सरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय विराटनगरमार्फत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले उपलब्ध गराएको बजेटमा दोबेला प्रहरी चौकीका लागि आवश्यक कार्यालय भवन निर्माण गरिएको हो । वि.सं. २०५१ सालमा स्थापना भएको दोबेला प्रहरी चौकीले वार्षिक रु १८ हजार भाडा तिरेर व्यक्तिको घरमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो । लामो समयसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकीका लागि मूल्य अभिवृद्धि करसहित रु ४० लाख ७८ हजार ३९० बजेटमा ठेक्कामार्फत घेराबारसहितको सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिएको हो । वि.सं. २०८२ चैत–१७ गते ठेक...
शुभशेर राई स्मृति प्रतिष्ठान : एक शिक्षक र विद्यार्थी पुरस्कृत तथा चारजनालाई सम्मान

शुभशेर राई स्मृति प्रतिष्ठान : एक शिक्षक र विद्यार्थी पुरस्कृत तथा चारजनालाई सम्मान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ५ भदौ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका एक शिक्षक र उत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई पुरस्कृत तथा चारजनालाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शुभशेर राईको तथा सम्झनामा परिवारका १९ सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरिएको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट शुक्रबार पुरस्कृत तथा सम्मान गरिएको हो । ‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’बाट साकेला माध्यमिक विद्यालय रतन्छामा कार्यरत साकेला गाउँपालिका–३ खिदिमा निवासी शिक्षक इन्द्रकुमार तामाङ पुरस्कृत हुनुभएको छ । प्रतिष्ठानले स्वर्गीय शिक्षक राईको पाचौँ वार्षिक पुण्यतिथि तथा चौथो वार्षिक साधारणसभाको अवसर पा...
विदेशबाट फर्किएर साँगीतिक दुनियाँमा भविष्य खोजीरहनुभएका केशव भावुक

विदेशबाट फर्किएर साँगीतिक दुनियाँमा भविष्य खोजीरहनुभएका केशव भावुक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, मनाेरञ्जन, शिक्षा, संगीत, समाचार, समाज
खोटाङ, ५ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक साँगीतिक क्षेत्रमा लाग्नुभएको नौँ वर्ष लाग्यो । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष युएई (दुबाई) बसेर वि.सं. २०७४ सालमा स्वदेश फर्कुनुभएका गायक तथा सँगीतकार भावुकले काठमाडौँ बसेर दर्जनौँ गीतमा स्वर भरिसक्नुभएको छ । नेपाली साँगीतिक दुनियाँका चर्चित गायिका मेलिना राईसँग पहिलो गीत ‘छाडे पनि यो हावा बहन’ बोलको गीतमा युगल स्वर दिएर साँगीतिक यात्रा सुरु गर्नुभएका गायक तथा सँगीतकार भावुकले चार वर्ष नबित्दै दुबाईमा आयोजित एक कार्यक्रममा ‘ग्लोबल अन्तर्राष्ट्रिय अवार्ड–२०२१’ प्राप्त गर्नुभयो । चर्चित गायिका अस्मिता अधिकारीसँग गायक तथा सँगीतकार भावुकले गाउनुभएको ‘फूल फुल्यो’ बोलको गीतले दुबाईमा ग्लोबल अन्तर्राष्ट्रिय अवार्ड–२०२१ अवार्ड जितेको हो । पछिल्लो समयमा सँगीतकार हरि लम्सालको सँगीतमा ‘यो जुनी यस्तै भो’ म्युजिक भिडिय...
संस्कारसँग जोडिएको ऐतिहासिक चौतारा गायब भएपछि स्थानीयले सुरु ग¥यो खोजी

संस्कारसँग जोडिएको ऐतिहासिक चौतारा गायब भएपछि स्थानीयले सुरु ग¥यो खोजी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ४ भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बित्यो । दिक्तेल बजारका स्थानीय समुदायको संस्कारसँग जोडिएको ऐतिहासिक चौतारा भएको ठाउँ सम्याएर चौतारासँगै जोडिएको व्यक्तिको जग्गामा स्थानीयले पक्की घर बनाएर बसेपछि सार्वजनिक चौतारा गायब भएको हो । करिब २०० वर्ष पुरानो सार्वजनिक चौतारासँगै रहेको मूलधारा नामले परिचित भने, अहिले पनि कायम छ । परापूर्वकालदेखि स्थानीय नागरिकले खान, नुहाउन तथा संस्कारका काममा उपभोग गर्दै आएको ढुङ्गे धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरेको छ । ढुङ्गे धारासँगै जोडिएको सार्वजनिक चौतारा भएको ठाउँमा दुई कित्ता सार्वजनिक जग्गा देखिएको छ । एक कित्ता सार्वजनिक चौतारा र अर्को कित्ता सार्वजनिक धाराको नाममा भूमि प्रशासन कार्यालय (तत्कालीन जिल्ला मालपो...
जन्तेढुङ्गाको ‘पुमा सामुदायिक होमस्टे (घरवास)’ छोटो समयमै पाहुनाको रोजाइमा

जन्तेढुङ्गाको ‘पुमा सामुदायिक होमस्टे (घरवास)’ छोटो समयमै पाहुनाको रोजाइमा

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, संगीत, समाचार, समाज
खोटाङ, ३ भदौ । किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्धारमा उभिएकी । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक होमस्टे (घरवास)’मा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको वर्णन हो यो । दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरु मिलेर वि.सं. २०८१ माघ–१५ गते ‘पुमा सामुदायिक होमस्टे (घरवास)’ सञ्चालन गरेका हुन् । गाउँपालिकाको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गरिएको पुमा सामुदायिक होमस्टे छोटो समयमै पर्यटक पाहुनाका लागि आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन् । होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई...