बैङ्क परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्ने लाभग्राहीलाई समस्या
खोटाङ, ९ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैङ्क परिवर्तन हुँदा लाग्राहीलाई समस्या भएको छ । सालपा विकास बैङ्कले यसअघि वितरण गर्दै आएको दशवटामध्ये पाँचवटा वडा यस आर्थिक वर्ष २०८२÷८३ देखि छाडेपछि अर्को बैङ्क परिवर्तन गर्नुपर्दा लाभग्राहीहरु समस्यामा परेका हुन् ।
पन्ध्र वडा रहेको यो नगरपालिकामा सालपा विकास बैङ्कले यस आर्थिक वर्षदेखि वडा नं. ५ लफ्याङ, ६ नेर्पा, ७ दोर्पाचिउरीडाँडा, ८ दोर्पाबुवालुङ, १० पाथेका र ११ खार्मी छाडेर वडा नं. १ दिक्तेल, ३ बाम्राङ, १३ नुनथला र १४ बुइपामा मात्रै वितरण गर्ने भएको छ । सालपा विकास बैङ्कले छाडेको वडा नं. ८ दोर्पाबुवालुङ र ११ खार्मीको अहिलेसम्म बैङ्क नै टुङ्गो लागेको छैन ।
वडा नं. ८ दोर्पाबुवालुङमा नविल बैङ्क र वडा नं. ११ खार्मीमा एनआईसी एसिया बैङ्कले सामाजिक सुरक्षाभत्ता वितरणको काम गर्ने भनेर सहमति गरेपनि सम्झौ...
