भोटेकोशी बाढी : खोटाङका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासनको आग्रह
खोटाङ, १० भदौ । रसुवाको भोटेकोशी लगायतमा आएको भीषण बाढी प्रभावित जिल्लाहरूमा रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा गएका खोटाङ जिल्लाका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ । प्रशासनले बुधबार साँझ एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङवासी नागरिक सुरक्षित रहे÷नरहेको र आफ्ना आफन्तहरूसँग सम्पर्कमा आए÷नआएको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।
प्रशासनद्वारा जारी सूचना अनुसार बाढी प्रभावित क्षेत्रमा गएका व्यक्तिहरूले तुरुन्त आफ्ना आफन्तहरूसँग सम्पर्क गर्न र आफन्तहरूले पनि उनीहरूको अवस्था यकिन गरी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ । भोटेकोशीमा आएको बाढीले रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएपछि प्रशासनले आफ्ना नागरिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका ला...









