रहरले सुरु गरेको फूल खेतीले व्यवसायी बन्दै दिक्तेलकी सविना राई (कसजू)
खोटाङ, २५ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई (कसजू)ले फूलको खेती सुरु गर्नुभएको दुई वर्ष भयो । सुरुमा घर तथा करेसाबारी सजाउने उद्देश्यले रोप्नुभएको सविनाको फूलको नर्सरीमा अहिले १०० वटाभन्दा बढी प्रजातिका फूलका बिरुवा हुर्किरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘सहयोगी पुष्प नर्सरी’ नामको फर्म दर्ता गरेर व्यवसायिक पुष्प खेती सुरु गर्नुभएकी सविनाको नर्सरीमा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा छन् । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डल लगायत विभिन्न प्रजातिका फूलका बिरुवा छन् ।
नर्सरीमा उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका...
