यलम्बर बाजा बजाउँदै राष्ट्रिय बाँस सम्मेलनको उद्घाटन
फागुन–१५, खोटाङसिथत दिक्तेलबजारमा “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”को उद्घाटन गरिएको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित फागुन १७ गतेसम्म सञ्चालन हुने बाँस सम्मेलनको उद्घाटन गरिएको हो ।
दिक्तेलबजारस्थित माटिकोरे कभर्ड हलमा संघीय बन वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यलम्बर बाजा बजाउँदै सम्मेलनको उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा बाँसबाट निर्माण गरिने यलम्बर बाजालाई किरात समुदायले परम्परागत मौलिक बाजाको रुपमा लिने गरेको छ । बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी सम्मेलनको आयोजना गरिएका आयोजकले जनाएको छ ।
सम्मेलनमा संघीय मन्त्रीहरु, बिभिन्न प्रदेशका मन्त्रीहरु, सांसदहरु, गभर्नर महाप्रसाद अधिकारी, बिभिन्न बिश्वबिद्यालयका प्राध्यापक डाक्टरहरु, बन मन्त्रालयका बिशिष्ट कर्मचारीहरु लगायतको उपस्थिती रहेको छ । यस्तै, राष्ट्र...
