Saturday, August 1

कृषि

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

कृषि
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो । पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ...

टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कृषि
पोखरा महानगरपालिका-१३ मा सोमबार बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  पोखरा–१३, काहुँखोला बस्ने १८ वर्षीय बबिता रिमालको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो रिमालको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले मोटरसाइकल पछाडि सवार रिमालको निधन भएको र घाइते चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिनुभयो । घाइते थापाको दुवै खुट्टा र दायाँ हातमा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको शर्माले बताउनुभयो । सोमबार बिहान ८ बजे पोखरा १३ गौडाकोमुखस्थित बिपी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु८७प...

कार दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु

कृषि
भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै बुधबार दिउँसो १६:३० बजेको समयमा अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दुर्घटनामा परी पहिचान नखुलेको एक पुरुष र एक बालिकाको मृत्यु भएको जानकारी दिनुभयो। सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार पहिचान नखुलेको दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार उपचारका लागि पठाएको थियो। घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको छ।...

सूर्यविनायकमा विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि प्रशिक्षण सम्पन्न

कृषि
काठमाडौँ । सूर्यविनायक नगरपालिका, वडा ७ द्धरा “विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि दुईदिने प्रशिक्षण सम्पन्न भएको छ । वडा अन्तर्गत स्थानीय महिला समुहलाई सो तालिम आयोजना गरिएको थियो । सूर्यविनायक नगरपालिका ७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी जेठ ११ र १२ गते सूर्यविनायक नगरपालिका, वडा ७ गुण्डु स्थित सभाहलमा सञ्चालन गरिएको थियो । पूर्वमन्त्री महेश बस्नेतले स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले स्वच्छ र सन्तुलित खाना बनाएर परिवारको स्वास्थ्य सुरक्षा गर्न महिला सक्षम बनाउने बताए । उनले,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषाधिको प्रयोग बढेको, पानी समेत दुषित भएको अवस्थामा विषाधिरहित भान...

तेस्रो हप्ता विष्णुमती नदि सरसफाई गर्दै टोखा नगरपालिका

कृषि
टोखा नगरपालिकाले आज तेस्रो हप्ता  शनिबार पनि  विष्णुमती नदि क्षेत्रमा  सरसफाई गरेको छ । हरेक शनिबार विष्णुमती साङ्गले खोला  लगाएत का नदीनाला लाइ  नियमित सरसफाई गर्ने अभियान स्वरूप आज पनि सरसफाई गरेको हो  । आज बिहान ६.३० बजे टोखाको ११ वडा कार्यालय  अगाडी क्षेत्रबाट सरसफाई अभियान शुभारम्भ  गरिएको थियो ।नगर क्षेत्र लाइ स्वच्छ सफा राख्ने अभियान स्वरूप नगरपालिका ले चलाएको यो महाअभियान मा नगरपालिकाका सबै वडाका जनप्रतिनिधि तथा स्थानीयबासी र कर्मचारी एबं स्वयंसेवीहरु सबैको सक्रिय सहभागिता  रहदै आएको छ । नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान सुचारु गरेको थियो ।कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउने अभिप्रायले  निरन्तर चल्ने  यो महाअभियानमा सक्रिय  सहभागी हुन नगरवासी तथा सम्बन्धित सबैमा  नगरपालिकाले अनुरोध समेत गरेको छ ।...

दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

कृषि
दाङ- दाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घाइते सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । बेलुकी साढे पाँच बजे तुलसीपुरको बसपार्कबाट काठमाडौंका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो ।...

टोखा झोरमा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न

कृषि
टोखा नगरपालिका र टोखा नगरपालिका वडा नम्बर १ को संयुक्त आयोजना मा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ  । साहित्य जगेर्ना तथा प्रवर्द्धन  गर्नका निमित  आयोजनामा गरिएको  कार्यक्रममा टोखा नगर पालिकाका नगरप्रमुख  प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको यस  कार्यक्रममा   बरिष्ठ   साहित्यकार डा० दामोदर पुडासैनी, मुक्तकार संन्तोष अमागाई तथा  साहित्य विधा कै हस्तिको रुपमा परिचित वासुदेव गुरागाई लगायत विशिष्ट ओहोदाका साहित्य संग सम्बंधित व्यक्तिहरुको  उपस्थिति रहेको थियो । झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित  कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न साहित्यिक विधामा लामो समय  कलम चलाएका श्रष्ठाहरु लाई सम्मान गरिएको थियो  । जसमा  झोरका स्वर्गीय मंगलबहादुर तामाङ, स्वर्गीय भैरव अधिकारी, नरहरी दुलाल, श्यामकाजी श्रेष्ठ, शुदर्शन अधिकारी, सुमन कुमार धिताल, सुन्दर लामिछाने, ईश्...

टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

कृषि, पर्यटन
टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गरि आज बाट अभियान को शुरुवात भएको हो । विष्णुमति नदिको मेरिगोल्ड पुलबाट आज शुरुवात गरिएको सरसफाई अभियानमा नगरप्रमुख, उपप्रमुख , प्रशसकिय प्रमुख, जनप्रतिनिधिज्युहरु, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नगरपालीका भित्र सरसफाई अभियानमा लाग्ने सरसफाई कर्मि तथा स्थानीय एबं नगरवासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।  नगरपालिका कै एक मुख्य नदि विष्णुमति नदि भएकोले यसलाइ स्वच्छ, सफा बनाउने अभियान मा नगरबासी तथा सबैले जुटेर कार्य गर्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारी ले बताउनु भयो । यसै गरि नदि हाम्रो सभ्यता भएको ले यसलाई सरसफाई गर्नु अति नै आवश्यक रहेकोले विष्णुमति करिडोर र खोलालाइ सरसफाइ गर्न सबै लाइ संलग्न गराएर एबं सबै को स्वमित्व हुने गरि नगरपालिका अगाडी बढे...

नगरबासीका लागि टोखा नगरपालिका बाटै राष्ट्रिय परिचय पत्र वितरण शुरु

कृषि
टोखा नगरपालिकामा  राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभाग र नगरपालिकाको संयुक्त आयोजनामा आज राष्ट्रिय परिचय पत्र वितरण अभियान सम्बन्धि अभिमुखीकरण तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। टोखा नगरपालिका को सभाहल मा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख मुरारी तामांग लाइ प्रमुख अतिथि युबराज कटेलले परिचय पत्र दिएर वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो । राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभागका महानिर्देशक युबराज कटेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा बिभागका निर्देशक मुकेश केशरी र पर्ब प्रसाद सापकोटा, नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामांग ,प्रशासकीय प्रमुख शेरबहादुर बि सी , शिक्षा प्रमुख बाबुराम गौतम तथा नगरपालिका सबै वडाका वडाध्यक्षहरु साथै नगरपालिकाका कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, कर्मचारीहरु साथै अन्य संघ संस्थाहरुबाट पाल्नु भएका महानुभाबहरुको उपस्थिति रहेको थियो ।...

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।” नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्द...