Tuesday, July 28

Author: खाँटी कुरा

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा दुई घाइते

समाज
खोटाङ, १३ कात्तिक । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा दुई जना घाइते भएका छन् । रावाबेँसी गाउँपालिका–५ दुबेकोलको गट्टीडाँडामा कात्तिक १३ गते दिउँसो प्र.२.०१.००१ त १०९५ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरका चालक २० वर्षका जीवन पाण्डे र स्थानीय नौ वर्षका अतित परियार घाइते भएका हुन् । घाइतेहरुको रावाबेँसी गाउँ अस्पताल हरमटारमा उपचार भइरहेको छ । ट्याक्टर ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ ।...

जसपाको दिरुमनपा कमिटि गठन, अध्यक्षमा मुगाधन

बागमती प्रदेश, राजनीति
खोटाङ, १२ कात्तिक । जनता समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्य समिति गठन गरिएको छ । मुगाधन राईको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो । जनता समाजवादी पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रुपान्तरण कार्यक्रममार्फत जनता समाजवादी पार्टीको नगर समिति गठन गरिएको हो । नगर कार्य समितिको उपाध्यक्षमा हरि राई, नगेन्द्रराज चाम्लिङ, सचिवमा प्रेम राई, सह–सचिवमा देवराज राई र कोषाध्यक्षमा कौशिला राई चयन भएका जसपाका जिल्ला सचिब विरेन्द्र दर्नालले जानकारी दिए । कार्यक्रम जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सनबहादुर राईको प्रमुख आतिथ्यता एबं संघीय परिषद सदस्य राकेश राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष प्रकाश चाम्लिङ, जसपाका खोटाङ अध्यक्ष निर्मल राई, समाजवादी महिला संघका जिल्ला अध्यक्ष रेनुका राई, विद्यार्...

प्रभु बैंकको शाखा कार्यालय रत्नपार्कमा सारियो

अर्थ
खोटाङ, १२ कात्तिक । खोटाङको दिक्तेलबजारमा रहेको प्रभु बैंकको शाखा कार्यालय सारिएको छ । हालसम्म दिक्तेलको अम्बागाछीचोकबाट सञ्चालन गरिएको प्रभु बैंकको शाखा कार्यालयलाई दिक्तेलकै रत्नपार्कमा स्थानान्तरण गरिएको हो । कात्तिक ११ गतेदेखि रत्नपार्कबाट एटिएमसहितको सम्पूर्ण कारोबार सुरु गरिएको प्रभु बैंकको शाखा कार्यालयका प्रवन्धक प्रबिण घिमिरेले बताए । दिक्तेलबजारको पुरानो बैंकचोक नजिकै २०६९ भदौ १४ गते सेञ्चरी कमर्शियल बैंकको शाखा कार्यालय स्थापना गरिएको थियो । २०७९ पुसमा प्रभु बैंक र सेञ्चरी कमर्शियल बैंक मर्ज भएपछि प्रभु बैंक बनेको हो । यो नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक हो । अम्बागाछीचोक आसपासका स्थानीयले भने प्रभु बैंकको शाखा कार्यालय नसार्न आग्रह गर्दैआएका थिए ।...

मात्तिमको वडा कार्यालयमा लगाइएको तालाबन्दी खुल्यो

समाचार
खोटाङ, ९ कात्तिक । खोटाङको साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलाइएको छ । २०८० माघ १९ गते अमेरिका गएका वडाध्यक्ष अर्जुनकुमार कटवाल नफर्किएपछि सर्वदलीय टोलीले कात्तिक ८ गते ताला लगाएका थिए । गाउँपालिका र आन्दोलनरत पक्षबिच वडाध्यक्ष कटवालको सम्बन्धमा आवश्यक कानूनी प्रकृया सुरु गर्ने सहमति जुटेपछि कात्तिक ९ गते ताला खोलिएको हो । अमेरिका गएका वडाध्यक्षको वडाध्यक्षको राजीनामा माग गर्दै पुर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराई संयोजकत्वको टोलीले वडा कार्यालयमा ताला लगाएका थिए । वडाध्यक्ष कटवाललाई राजीनामा गराएर आसन्न उप–निर्वाचनमा निर्वाचनको वातावरण मिलाउन दबाव दिने उद्देश्यले सर्वदलीय टोलीले वडा कार्यालयमा ताला लगाएका थिए । कटवालले ‘पदबाट राजीनामा दिनुपर्ने वा वडामा आएर काम गर्ने’ वातावरण मिलाउनका लागि १५ दिनको अल्टिमेटम सहित गत साउन २१ गते गाउँपालिकामा ज्ञापन–पत्र बु...

बोझेओढारको गुफा जाने सिँढीमा झरेको पहिरो पन्छाइयो

समाज
खोटाङ, ८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडरहेको सिमानामा पर्ने बोझेओढारस्थित गुफा जाने बाटोमा झरेको पहिरो पन्छाइएको छ । कर्णेश्वर महादेव तथा जय विश्वकर्मा बाबा मन्दिरबाट गुफासम्म जाने बाटोमा झरेको पहिरो स्थानीय युवा नवराज घतानीको नेतृत्वमा कात्तिक ८ गते पन्छाइएको हो । गत असोज १२ गतेको भारी वर्षाका कारण बोझेओढारको गुफा जाने सिँढीमा पहिरो झरेको थियो । पहिरो झरेपछि स्थानीयलाई गुफा जान–आउन कठिन भइरहेको थियो । गुफा जाने बाटोमा झरेको पहिरोको अवरोध श्रमदान जुटाएर हटाइएको अगुवा घतानीले जानकारी दिए । गुफा जाने बाटो मर्मतका क्रममा मन्दीर व्यवस्थापन समितिका अध्यक्ष महेश अधिकारी लगायतले श्रमदान गरेका थिए । बाटो मर्मत गर्न बोझेओढार व्यवस्थापन समितिले पनि सहयोग गरेको थियो । बोझेओढार धार्मिक तथा पर्यटीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिन्छ । गुफा जाने...

१९ वर्षपछि १८ रोपनी जग्गा र खानेपानी मुहान वडा कार्यालयको नाममा पास

बागमती प्रदेश, समाचार
खोटाङ, ८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खरिद गरेको १९ वर्षपछि जग्गासहितको खानेपानी मुहान वडा कार्यालयको नाममा पास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा खानेपानी लैजाने गरि २०६२ सालमा खरिद गरिएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सहरबोटे मुहान वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएको हो । तत्कालिन दुई गाबिसको कार्यालयबाट बिनियोजन गरिएको बजेटमा खरिद गरिएको १८ रोपनी खेतसहितको मुहान नगरपालिकाको पहलमा कात्तिक ७ गते वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएको छ । बेदमायाँ राउतको नाममा रहेको जग्गा सहितको मुहान २०६६ चैतमा बडहरेका केसीराज मगर र भुमीराज राईको नाममा पास गरिएको थियो । दशकौंसम्म व्यक्तीको नाममा राखिएको मुहानलाई जिल्ला मालपोत कार्यालयमार्फत जनताको नाममा नामसारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला ...

किर्ते जन्म दर्ता पेश गर्ने खेलाडीमाथि तीन वर्षे प्रतिवन्ध

खेलकुद, बागमती प्रदेश
खोटाङ, ५ कात्तिक । खोटाङको सोल्मा स्पोर्टस क्लवले १७ वर्षमुनिको उमेर समुहको पुरुष फुटबल प्रतियोगीतामा किर्ते जन्म दर्ता पेश गरेर सहभागीता जनाउने तीन खेलाडीलाई तीन वर्षका लागि प्रतिवन्ध लगाएको छ । कात्तिक २ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने १७ वर्षमुनिको उमेर समुहको पुरुष फुटबल प्रतियोगीतामा किर्ते जन्म दर्ता पेश गरेर सहभागी बनेको खुलेपछि दिक्तेल फुटबल क्लवका खेलाडी सुशान्त ताम्राकार, सुदिप गुरुङ र सुनिल कटुवाललाई तीन वर्षका लागि प्रतिवन्ध लगाएको हो । तोकिएको खेल नियमावली विपरित प्रतियोगीतामा सहभागी बनेको पूष्टि भएकाले तीन जना खेलाडीलाई २०८४ चैत मसान्तसम्म सोल्मा स्पोर्टस क्लवले आयोजना गर्ने कुनै पनि खेलमा सहभागी नगराइने विज्ञप्तीमा उल्लेख छ । कात्तिक ३ गते सोल्मा स्पोर्टस क्लव (सेतो) र दिक्तेल फुटबल क्लव बिच भएको तेश्रो क्वाटरफाइनल खेलमा तीन खेलाडीले किर्ते जन्मदर्ता पेश गरेर...

वडाध्यक्षले फिर्ता गरे दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार

बागमती प्रदेश, राजनीति
खोटाङ, ४ कात्तिक । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका छन् । महालेखा परीक्षकको कार्यालयले दोहोरो यातायात सुविधा लिएको औंल्याएपछि वडाध्यक्ष राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका हुन् । बेरुजु रकम ‘सुटुक्क’ असुल उपर गर्ने/गराउने जनप्रतिनिधिहरु माझ वडाध्यक्ष राईले भने सामाजिक सञ्जालमार्फत दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार ५२० रुपैयाँ राजश्व शाखामा जम्मा गरेको जानकारी दिएका छन् । राई २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । महालेखाले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिबेदनमा दोहोरो यातायात सुविधा लिएको भन्दै वडाध्यक्ष राई सहिन नौ जना गाउँ तथा नगरसभाका सदस्यहरुबाट दोहोरो सुविधा वापत लिएको रकम असुल गर्नुपर्ने औंल्याएको थियो । गाउँ तथ...

खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र

बागमती प्रदेश, राजनीति
खोटाङ, ३० असोज । खोटाङबासीले खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई गुहारेका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीका कारण फोक्सिङटारको पुल बगेपछि निम्तिएको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएको हो । असोज २३ गते प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा काठमाडौंमा सम्पन्न सर्वदलीय-सर्वपक्षीय बैठकको निर्णय अनुसार असोज ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण–पत्र बुझाउँदै फोक्सिङटारमा तत्काल पुल बनाएर प्राकृतिक नाकाबन्दी तोड्न आग्रह गरिएको युवा नेता अरुण चाम्लिङले जानकारी दिए । खोटाङबासीकातर्फबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य राईले ध्यानाकर्षण–पत्र बुझाएका थिए । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज बाढीले बगाएपछि उदयपुर र खोटाङको सिधा यातायात सम्प...

इशान बशन्तको ‘नजिक–नजिक आउन तिमी’ सार्वजनिक (भिडियो सहित)

बागमती प्रदेश, संगीत
भिडियो-काठमाडौं, ३० असोज । संगीत सर्जक इशान बशन्त लामाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानको ‘नजिक–नजिक आउन तिमी’ बोलको गीत बजारमा आएको हो । चार मिनेट ५१ सेकेण्ड लामो गीतलाई इशान बशन्त लामा अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रोमान्टिक लभ सङमा स्वयं इशानको शव्द, संगीत र स्वर रहेको छ । गीतको एरेञ्जर सन्जय हमाल र रेकर्डिस्ट अजय अधिकारी हुन् । मिक्सिङ/मास्टरिङ पनि अजय अधिकारीले नै गरेका छन् । केही समयपछि ‘नजिक–नजिक आउन तिमी’को म्यूजिक भिडियो तयार पार्ने गायक तथा संगीतकार इशानले बताए । संगीतका क्षेत्रमा समर्पित इशानको यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी’ लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । गायक इशान डेढ दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् । भ...