Saturday, August 1

कृषि

खोटाङमा ५६ दशमलव ८९ प्रतिशत खेतमा धान रोपाइँ सकियो

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असार । दश हजार १८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने खोटाङमा हालसम्म ५६ दशमलव ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार असार–२२ गतेसम्ममा जिल्लाका दशवटै स्थानीय तहमा गरी पाँच हजार ७८ हेक्टर खेतमा धान रोपाइँ सम्पन्न भएको हो । जिल्लामा सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा ८५ प्रतिशत तथा सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवाणी विकास अधिकारी रवीन राईले जानकारी दिनुभएको छ । राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६५, हलेसी तुवाचुङ नगरपालिकामा ७०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, बराहपोखरी गाउँपालिकामा ६०, खोटेहाङ गाउँपालिकामा ४५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपलिकामा ६५ र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष...

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २१ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजिमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्कनुभयो । मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचतसमेत गर्नुभएका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुग्नुभयो । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यवसायिक बङ्गुर फार्म सञ्चालन गर्नुभएको थियो । सुरुमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यवसायिक बङ्गुर पालनमा निक्कै उत्साहित बन्नुभएका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बन्नुभयो । बङ्गुर पालनबाट करिब रु १८ लाख घाटा व्यहोर्नुभएको छ । ठूलो लगानीमा ...

रावाबेँसीमा १८४ मेट्रिक्टन लिची उत्पादन, एउटै बोटबाट रु ४५ हजारको बिक्री

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २० असार । रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । कृषि शाखा प्रमुख बास्तोलाका अनुसार वडा नं. २ खार्पामा २४ मेट्रिक्टन, वडा नं. ३ लामीडाँडामा १६, वडा नं. ४ धारापानीमा १६, वडा नं. ५ दुवेकोलमा आठ र वडा नं. ६ हौँचुरमा ३२ मेट्रिक्टन उत्पादन भएको छ । भर्खरै फल्न थालेको लिचीको दुईवटा बिरुवा बोटबाट यस वर्ष रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले जानकारी दिनुभएको छ । “प्रति दाना रु एकमा बिक्री गर्दा यस वर्ष रु ३० हजार आम्दानी भयो । आगामी दिनमा लिचीका थप बिरुवा रोप्ने तय...

सामुहिक रोपाइँमा जुटे राजनीतिक दलका भातृ सङ्गठन

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
–रामधन राई खोटाङ, १५ असार । राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट सङ्घ–सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दल निकट युवा तथा किसान सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका हुन् । धान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसीएल नेपाल खोटाङमा आवद्ध युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मीना पराजुलीको १० रोपनी खेतमा रोपाइँ गरेका छन् । वाईसीएल जिल्ला अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यसहितका टोलीले जिल्ला उपाध्यक्षसमेत रहनुभएकी पराजुलीको खेतमा रोपाइँ गरेको हो । वाईसीएल नेपालको केन्द्रिय सर्कुलर बमोजिम जनशक्ति अभावमा बाँझिएका खेतमा रोपाइँ गरिएको वाईसीएल खोटाङले जनाएको छ । ‘धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइएको धान दिवसमा प्रायः युवा सहभा...

विदेशबाट फर्कने खार्मीका युवा रोपाइँमा रमाउँदै

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
–रामधन राई खोटाङ, १४ असार । दुई वर्ष मलेसियामा काम गरेर फर्कनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २१ वर्षीय दिलिप राई यतिखेर एक हल गोरुको साथ छोड्नुभएको छैन । साथमा गाउँका युवा साथीहरु बाउसे र रोपाहार । दिलिप भन्नुहुन्छ, “यहीँ गज्जब छ ।” दिलिप जस्तै युवाहरु धान रोपाइँमा रमाइरहेका छन् विदेशबाट फर्किएका खार्मीका धेरै युवा । न थकान न बाध्यता । दिलिपकै जेठो दाजु २५ वर्षीय विकास पनि ब्रुनाईबाट भर्खैर घर फर्किएर रोपाइँमै रमाइरहनुभएको छ । अनि अघिल्लो पुस्ताका दीर्घ राई आधी उमेर विदेशमा बिताएर गाउँमा खुब रमाइरहनुभएको छ । अहिले रोपाइँमा उहाँको माग भ्याइ–नभ्याइ छ । विदेशको भोगाइ सुनाउँदै काम गर्ने शैलि उहाँको चकिलो मान्छन् । रसिलो स्वभाव र व्यवहारका राई जस्तै बालाशेर राई, हर्कराज राई, बोलकुमार राई ‘बिन्दे’, महेश राई ‘मन्त्री’, दीर्घकुमार राई ‘काजी’, पवन राई लगायत यसरी नै रम...

दिप्रुङ चुइचुम्माको वार्षिक बजेट रु ५६ करोड दुई लाख ६८ हजार

अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरुणा थापामगरले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु २६ करोड ३५ लाख, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु एक करोड ३६ लाख पाँच हजार, विशेष अनुदान अन्तरगत सङ्घीय सरकारबाट रु एक करोड १२ लाख, सङ्घीय सरकारको समपुरक अनुदान रु एक करोड ४८ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु एक करोड ३० लाख रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र वडाका लागि चालु प्रशासनिक खर्च रु १२ करोड २७ लाख ५६ हजार ५८९, पालिकास्तरीय पुँजीगत योजनाका लागि रु दश करोड ६२ लाख तथा वडास्तरीय पुँजीगत योजनाका लागि रु एक करोड ५२ लाख बजेट विनियोजन गरि...

रावाबेँसी गाउँपालिकाको वार्षिक बजेट रु ३८ करोड ५६ लाख ५६ हजार

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ११ असार । रावाबेँसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेर रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक करोड ७५ लाख, प्रदेश सरकारसँगको समपुरक अनुदानबाट नुनथला–हरमटारकुभिण्डे–जौबारी सडक स्तरोन्नतिको लागि रु एक करोड २५ लाख र वडा नं.–१, ३ र ५ को कार्यालय भवनमा तला थप्नको लागि रु ७५ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, सङ्घीय सरकार विशेष अनुदानबाट बृहत कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभएको छ । विनियोजित बजेटबाट ...

साकेला गाउँपालिकाले ल्यायो रु ३९ करोड ३० लाख ३९ हजारको वार्षिक बजेट

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १० असार । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ३९ करोड ३० लाख ३९ हजार ६५९ बजेट ल्याएको छ । गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभन्ज्याङमा मङ्गलबार सम्पन्न १५ औँ गाउँसभामा उपप्रमुख बिर्सिका राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँपालिकामा आगामी आर्थिक वर्ष सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु छ करोड ३२ लाख ५६ हजार ६५९, सङ्घीय सरकार समानीकरणतर्फ रु छ करोड ८९ लाख, प्रदेश सरकार समानीकरणतर्फ रु ५८ लाख ९ हजार, सङ्घीय सशर्त अनुदान रु १४ करोड ४ लाख, प्रदेश सशर्त अनुदान रु ७५ लाख ६५ हजार बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिनुभएको छ । यस्तै, सङ्घीय सरकार सशर्त अनुदानबाट रु १३ करोड आठ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट रु एक करोड ७२ लाख ५९ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ रु दुई करोड २२ लाख, प्रदेश सरकार समपूरक अनुदान रु एक करोड ६० लाख, सङ्घीय सरकार वि...

जन्तेढुङ्गा गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १० असार । जन्तेढुङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभामा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक विद्येयक तथा बजेट आज (मङ्गलबार) प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ । नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार रहेको छ । आगामी आ.व.को प्रमुख नीति तथा कार्यक्रमहरू गाउँसभाका उपाध्यक्ष ज्यू, गाउँसभाका सदस्य ज्युहरु, अब म आ.व. २०८२र८३ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु । कृषि सम्बन्धी नीति तथा कार्यक्रम “उत्पादन तपाई गर्नुहोस बजार हामि दिन्छौ” भन्ने नारालाई निरन्तरता दिइएको छ । ५। जन्तेढुङ्गा गाउँपालिकाको उत्पादन आयआर्जन र रोजगारी सृजना हुने मुख्य कृषि र पशु पालन नै भएको र अधिकांश जनता यसैमा निर्भ...

केपिलासगढी गाउँपालिकाको बजेट रु ५० करोड सात लाख ५९ हजार

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ९ असार । केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिका प्रमुख समिर राईको अध्यक्षमा भएको गाउँसभाले आर्थिक विद्येक, विनियोजन विद्येक, आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट तथा विभिन्न विद्येकहरु सर्वसम्मत् रुपमा पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२÷०८३ को लागि वित्तीय समानीकरणतर्फ रु आठ करोड एक लाख, राजश्व बाँडफाँडतर्फ रु आठ करोड ५४ लाख नौँ हजार ३७३, सशर्त अनुदानतर्फ रु २१ करोड २७ लाख, समपुरक अनुदानतर्फ तीन करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका उपप्रमुख राईले विशेष अनुदानतर्फ रु तीन करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तरगत वित्तीय समानीकरणतर्फ रु ६८ ला...