खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला
खोटाङ, २२ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि आइतबार खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका सबै बालबालिकाले सरकारले निःशुल्क प्रदान गर्दै आएको १४ प्रकारको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिनुभएको छ । “जिल्लामा १५ महिनामूनिका दुई हजार ५५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका सात हजार ५८२ जना बालबालिका रहेका छन् । उनीहरुले खोप तालिकाअनुसार सबै बालबालिकाले लगाए÷नलगाएको पहिचान गरिन्छ”, उहाँले भन्नुभयो, “छुटेका बालबालिकालाई सबै प्रकारका खोपको मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा...
