जन्तेढुङ्गा गाउँपालिकाले सुरु ग¥यो राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान
खोटाङ, २९ चैत । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान सुरु गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्नेक्रममा लालीगुराँसका रुख तथा बिरुवामा क्षति पुगेर सङ्टकमा परेको पाएपछि गाउँपालिकाले संरक्षण अभियान सुरु गरेको हो ।
जथाभावी वन फँडानीका कारण लालीगुराँसको संरक्षणमा गम्भीर समस्या उत्पन्न भइ यसको अस्तित्व नै जोखिममा पर्ने अवस्था देखिएकाले संरक्षण अभियान सुरु गरिएको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “लागीगुराँस हाम्रो राष्ट्रिय फूल हो । वनको सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण अङ्श भएकाले यसको संरक्षण अत्यन्त आवश्यक छ”, उहाँले भन्नुभयो, “सबै वन उपभोक्ता तथा स्थानीय बासिन्दाहरूलाई वन क्षेत्रमा घाँस तथा दाउरा सङ्कलन गर्दा गुराँसका बिरुवालाई कुनै पनि प्रकारको क्षति नगर्न अनुरोध गरेका छौँ । लाली...









