Tuesday, April 21

ताजा समाचार

तराई, पहाड र हिमाललाई जोडेर पर्यटकीय पदमार्ग बनाउन ‘ग्रेटर मुन्दुम ट्रेल’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १ जेठ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को अन्वषण सम्पन्न गरेको छ । पूर्वी तराईमा पर्ने सप्तकोशीस्थित खुवालुङदेखि पहाडै पहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)सम्म सहजरुपमा पैदल यात्रा गर्न सकिने छोटो दूरीको पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको हो । सप्तकोशीको चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिनुभयो । “ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा...

जन्तेढुङ्गा बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १ जेठ । जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनासम्मका १५३ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४८७ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ । खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एकजना बच्चाले शुरुमा खोपकार्ड लिएर नियमित खोप लगाए पनि बीचमा छुटाएको पाइएकाले ती बच्चालाई समेत पूर्ण खोप उपलब्ध गराइएको जनाइएको छ । घोषणासभाको अवसरमा जिल्ला खोप समन...

‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३१ वैशाख । ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले छ दशमलव पाँच अङ्क जोड्दै प्रथम स्थान ओगट्नुभएको हो । सात राउण्डको प्रतियोगितामा समान साढे पाँच अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो हुनुभएको छ । यस्तै, रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ हुनुभएको प्रतियोगिताका सहजकर्ता बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभएको छ । विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियो...

रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने जग्गादाताको चेतावनी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३० वैशाख । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् । रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौताअनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले मङ्गलबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत आयोजना गत चैतमा समेत बन्द गराएका थिए । मुआब्जा विवाद प्रकरणको विषयलाई लिएर स्थानीयवासीले जलविद्युत आयोजना नै बन्द गराएपछि दुवै पक्षलाई गाउँपालिका प्रमुख समिर राईले कार्यालयमा झिकाएर सहमतिको प्रयास गर्नुभएको थियो । गाउँपालिका प्रमुखको कार्यकक्षमा गरिएको सम्झौताअनुसार हाईड्रोपावर कम्पनीले जग्गादातालाई क्षतिपूर्ति नद...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३० वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत आज (मङ्गलबार)बाट खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । दिक्तेल बजारस्थित खोटाङ बहुेउद्देश्यीय कभर्डहलमा टेबलटेनिस तथा जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ५२ तथा बुद्धिचाल प्रतियोगितामा ४१ जना राष्ट्रिय तथा अन्तर्राट्रियस्तरका खेलाडी सहभागी रहेको संयोजनकर्ता जिल्ला ...

किराती राष्ट्रिय मुक्ति मोर्चाको सङ्घीय अध्यक्षमा पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भातृ सङ्गठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सङ्घीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ चयन हुनुभएको छ । तत्कालीन १ नंं प्रदेश (हाल कोशी प्रदेश) सरकारका पूर्व खानेपानी, सिँचाइ, जलश्रोत तथा उर्जामन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङलाई धरानमा सम्पन्न किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनले सर्वसम्मत् सङ्घीय समिति अध्यक्षमा चयन गरेको हो । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख–२८ गते धरानस्थित भानुचोकमा उद्घाटन गर्नुभएको सम्मेलनले १३ सदस्यीय सङ्घीय समितिको पदाधिकारीमा मोरङका तीलकप्रसाद राई वरिष्ठ उपाध्यक्ष तथा खोटाङका सुशिल बान्तावा राई, मोरङका अर्जुन जम्नेली र सुनसरीका ज्ञानबहादुर राई उपाध्यक्षमा चयन गरेको छ । धरानको लाङ्घाली सा...

दिक्तेलमा पुस दोस्रो साता ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गरिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकारले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पु¥याउनका लागि ‘जैविक विविधता ः रेड पान्डा र थार–संरक्षण संवद्र्धन, समृद्धिको आधार’ भन्ने नाराका साथ दिक्तेल बजारमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि गत चैत–२५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाहको आधारमा सम्मेलन गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “जलवायु परिवर्तनसँगै मानव तथा प्राणीको अस्तित्वलाई सुरक्षित राख्न, जैविक विविधताको संरक्षण गर्न, हरियाली प्रवद...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङका प्रभात र सहसचिवमा देशकुमार चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २९ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको सचिवमा खोटाङका प्रभात राई र सहसचिवमा देशकुमार राई चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न वाईसिएलको प्रथम सम्मेलनले राईद्धयलाई सचिव र सहसचिवमा सर्वसम्मत् चयन गरेको हो । विशेष प्रदेश समिति सचिवमा निर्वाचित प्रभात वाईसिएल नेपाल खोटाङका निवर्तमान सचिव तथा सहसचिवमा निर्वाचित देशकुमार हलेसी तुवाचुङ नगर सम्मेलन समितिका संयोजक हुनुहुन्थ्यो । वाईसिएल नेपाल विशेष प्रदेश समिति काठमाडौँ उपत्यकालाई कार्यक्षेत्र बनाएर सङ्गठनमा सक्रिय रहेका ७७ वटै जिल्लाका कार्यकर्ताहरुलाई समेटेर निर्माण गरिएको जनाइएको छ । माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ६१ सदस्यीय समिति चयन गरेको छ । समितिको अध्यक्षमा नवीन थापा...

साकेला उँभौली चाड : चुल्हा तथा भूमि पूजा गर्दै ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार
खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख अर्थात् महान चाड साकेला (उँभौली) आज (सोमबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ । साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माँझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदान–प्रदानसहित महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरिएको छ । साकेला उँभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिए...

पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिन प्रेस सेन्टर नेपालकाे माग

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खाेटाङ, २८ वैशाख । प्रेस सेन्टर नेपाल खाेटाङले विभिन्न माग राख्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण, पत्रकारको पेसागत असुरक्षाका घटनाले प्रेस स्वतन्त्रताको अधिकार संकुचित भइरहेको जस्ता विषय समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेमार्फत सञ्चारमन्त्री गुरुङलाई बुझाइएको हो । प्रेस सेन्टरका जिल्ला अध्यक्ष सविना अछामेले हस्ताक्षर गर्नुभएकाे ज्ञापनपत्रमा पत्रकारको हत्यारालाई कारबाही गर्नुपर्ने, सञ्चारसँग सम्बन्धित कानुनहरु प्रेसमैत्री हुनुपर्ने, पत्रकारको पेसागत तथा भौतिक सुरक्षा हुनुपर्ने, आस्थाका आधारमा सरकारी सञ्चार संस्थाबाट पत्रकार हटाउन नहुने, सहिद र बेपत्ता पत्रकारको नाममा कोष स्थापना हुनुपर्ने, घाइते पत्रकारहरुको निःशुल्क उपचार हुनुपर्ने, सरकारी ...