माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका तीन हजार २२६ विद्यार्थी सहभागी हुँदै
खोटाङ, ६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका १०४ वटा माध्यमिक विद्यायबाट तीन हजार २२६ जना विद्यार्थी सहभागी हुँदैछन् । चैत–७ गते (भोलि)देखि देशभर एकैसाथ शुरु हुने एसइई परीक्षाका लागि खोटाङमा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
साधारणधार र प्राविधिकधार गरी दुईथरीका पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थी सहभागी हुने परीक्षामा साधारधारतर्फ दुई हजार ४८३ जना विद्यार्थी रहेका छन् । यस्तै, प्राविधिकधारतर्फ नियमित १७२ जनामात्र परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।
साधारणधारतर्फ ग्रेड वृद्धि गर्नेमा ५७१ जना विद्यार्थी रहेका छन् भने, प्राविधिकधारतर्फ एकजना पनि नरहेको जनाइएको छ । जिल्लाका ९८ वटा सामुदायिक तथा छवटा निजी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरिएको इकाई ...
