राष्ट्रिय बाँस सम्मेलनका लागि दिक्तेलबजार उत्रन थाले टोलीहरु
फागुन–१३, खोटाङमा हुन गईरहेको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”का लागि बिभिन्न स्थानबाट बिज्ञ तथा सहभागीहरु कार्यक्रम स्थल दिक्तेलबजार पुग्न थालेका छन् । यही फागुन–१५ अर्थात बिहिबारदेखि सुरु हुने सम्मेलनका लागि काठमाण्डौं लगायतका बिभिन्न जिल्लाका टोलीहरु धमाधम दिक्तेलबजार उत्रन थालेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो क्रियसन ललितपुरको आयोजनामा सम्मेलन हुन लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बाँस सम्मेलनको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत बाँस सम्मेलनको सम्पुर्ण तयारी पुरा हुँदै गर्दा पाहुनाहरु पनि दिक्तेलबजार उत्रन थालेको जनाईएको हो ।
“जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित तीन दिन...
