Monday, April 20

ताजा समाचार

प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १२ माघ । प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित हुनुभएको छ । विराटनगरमा आज (शनिबार) बिहान सम्पन्न प्रेस सेन्टर नेपालको तेस्र्रो प्रदेश अधिवेशनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी नवराज कट्टेललाई पाँच मतले पराजित गर्दै समीप अध्यक्षमा निर्वाचित हुनुभएको हो । समीपले ४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुँदा कट्टेलले ३६ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । अन्य सबै पदमा सहमति जुटेपनि अध्यक्षमा सहमति नभएपछि निर्वाचन गरिएको प्रेस सेन्टरले जनाएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी स्थायी घर भइ भोजपुरमा बसेर पत्रकारिता गर्दै आउनुभएका समीप प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशनमा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । अध्यक्षका अर्का प्रत्यासी कट्टेल खुला उपाध्यक्ष हुनुहुन्थ्यो । तीन वर्षे कार्यकालका लागि चयन ग...

दिक्तेल रुपाकोट मझुवागढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुवात् गरेको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा नगरपालिकाभित्रका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने सहआयोजक जनजागृति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिनुएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी ...

बराहपोखरी गाउँपालिकाले शुरु ग¥यो आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ११ माघ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरुवात् गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधायुक्त चारतले प्रशासनिक भवन निर्माण गरेर सेवा प्रवाह शुरुवात् गरिएको हो । गाउँपालिका र सङ्घीय सरकारको संयुक्त रु छ करोड दश लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रा.लि. काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको जनाइएको छ । गाउँपालिकाको ५५ प्रतिशत र सङ्घीय सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो । सङ्घीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाइएको गाउँपालिका प्रमुख शालिकराज बञ्जराले जानकारी दिनुभयो । “सङ्घीय सरकारले भनेजति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माणको काममा केही समय ढिलाइ पनि भयो । निर्माण शुरु गरिएको भवन अलपत्र हुने अवस...

जनयुद्धमा बुबाआमा दुवै गुमाएका प्रतिक अखिल क्रान्तिकारीको महासचिवमा उम्मेदवार

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । बुबा शहीद दिलकाजी कार्की र आमा शहीद इन्दिरा कार्कीको कोखबाट वि.सं. २०५५ कातिक–१ गते जन्मनुभएका महासचिव पदका उम्मेदवार प्रतिक अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय समिति सदस्य हुनुहुन्छ । नेश्नल ल कलेज काठमाडौँमा स्नातकोत्तर अध्ययनरत प्रतिकले अखिल क्रान्तिकारीको महासचिव पदमा दिनुभएको उम्मेदवारीलाई निक्कै महत्वका साथ हेरिएको छ । नेपाल ल क्याम्पस काठमाडौँमा वि.सं. २०७२ सालमा बि.ए. एल. एल. बि. अध्ययनका...

हलेसी तुवाचुङमा लघु उद्यम गर्न चाहने नागकिकका लागि बिना ब्याजको ऋण

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीय नागरिकले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिना ब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिना ब्याजका ऋण उपलब्ध गराउन नगरपालिकाले आज (बुधबार) प्रभु बैङ्क शलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैङ्कले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिना ब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगहरुको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टे लगायतका व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइ दिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताउ...

अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूको उम्मेदवारी दर्ता

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूले उम्मेदवारी दर्ता गर्नुभएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यसमितिको निवर्तमान सचिवसमेत रहनुभएका खम्बूले यही माघ–१२ गते हुने राष्ट्रिय निर्वाचनका लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । देशमा भइरहेको शैक्षिक बिकृति, बिसङ्गति तथा शैक्षिक दलालहरुको अन्त्य गर्दै शिक्षा क्षेत्रमा आमूल रुपान्तरण गर्नका लागि आफूले केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको खम्बूले बताउनुभएको छ । “समग्र विद्यार्थी आन्दोलनलाई नयाँ रूपमा विकास गर्दै आजको समयमा थप विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नुछ । दश वर्षे महान जनयुद्धको जगमा भएको २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु खतरामा पर्दै गएको छ”, उपमहासचिव ...

नेवाः देय् दवू खोटाङको अध्यक्षमा गोपाल श्रेष्ठ चयन

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ८ माघ । नेवाः देय् दवू खोटाङको अध्यक्षमा गोपाल श्रेष्ठ सर्वसम्मत् चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा आज (मङ्गलबार) सम्पन्न नेवाः देय् दवू खोटाङको तेस्रो जिल्ला अधिवेशनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको हो । जिल्ला कार्यसमितिको वरिष्ट उपाध्यक्षमा मन्दीप श्रेष्ठ, महिला उपाध्यक्षमा सर्मिला श्रेष्ठ, खुला उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, सचिवमा यज्ञनारायण तथा महिला सचिवमा सन्ध्या श्रेष्ठ चयन हुनुभएको छ । ‘नेवाः देय् दवू राष्ट्र कै शान, भाषा, कला, संस्कृति पहिचान’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले २१ सदस्यीय जिल्ला कार्यसमितिको कोषाध्यक्षमा हीराकुमारी श्रेष्ठलाई चयन गरेको छ । जिल्ला कार्यसमितिको सदस्यहरुमा डिल्लीनारायण श्रेष्ठ, नेत्र श्रेष्ठ, कल्पना राजभण्डारी, गोविन राजभण्डारी, हीरा श्रेष्ठ्र, रुद्रनार...

भ्वाइसमा तीन कुर्सी घुमाउन सफल प्रदीप भन्नुहुन्छ, “उपाधि जित्ने चाहना हुँदाहुँदै ब्याटल नै गुमाएर विदेशिन बाध्य भएँ !”

गृह पृष्ठ, ताजा समाचार, मनाेरञ्जन, समाचार
खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनमा तीनवटा कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करण अन्तरगत यही माघ–५ गते शनिबार राति प्रशारण गरिएको ब्लाइण्ड अडिशनमा प्रदीपले गायक तथा सँगीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर...’ बोलको गीत गाउनुभएको थियो । बिगत दश वर्षदेखि साँगीतिक यात्रामा सक्रिय रहनुभएका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनमा दिनुभएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ । पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साँगीतिक क्षेत्रमै भविष्य खोजिरहनुभएका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनबाट ब्याटल अडिशनका लागि छनोट भएपछि आफन्त तथा शुभ...

फोहर व्यवस्थापनमा ध्यानाकार्षण गराउन पत्रकार महासङ्घको सरसफाइ अभियान

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, ७ माघ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले सरसफाइ अभियान शुरु गरेको छ । सार्वजनिकस्थल तथा घर आसपास जथाभावी छरिएका तथा फालिएका फोहर व्यवस्थापनमा सम्बन्धित निकायलाई खबरदारी गर्न तथा स्थानीय समुदायमा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गराउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले सरसफाइ अभियान शुरु गरेको हो । पत्रकार महाङ्घले शुरु गरेको सरसफाइ अभियान अन्तरगत आज (सोमबार) दिक्तेल बजारस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हल आसपासको झाडी फाँड्ने, फोहर सङ्कलन गर्ने, पहिरो पन्छाउने लगायतका काम गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराईले जानकारी दिनुभयो । अभियानका क्रममा सङ्कलन गरिएका फोहर सम्बन्धित ठाउँमा लगेर व्यवस्थापन गर्नका लागि दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवन नजिकै जम्मा गरेर राखिएको जनाइएको छ । पत्रकार महासङ्घको आयोजना तथा स्थानीयवासीको सहभागितामा सञ्चा...

दिक्तेल रुपाकोट मझुवागढीमा माघ–११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ–११ गतेबाट अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा नगरपालिकाभित्रका २४ माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाउने छन् । माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा समग्रमा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, मेडल र प्...