Saturday, September 12

गृह पृष्ठ

तीन स्थानीय तहका नागरिकलाई विभिन्न अस्पतालमा सहुलियतको उपचार व्यवस्था

तीन स्थानीय तहका नागरिकलाई विभिन्न अस्पतालमा सहुलियतको उपचार व्यवस्था

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १५ भदौ । जिल्लाका तीन स्थानीय तहका अतिविपन्न नागरिकका लागि देशका विभिन्न अस्पतालले स्वास्थ्य उपचारमा सहुलियतमा सेवा दिने भएको छ । हलेसी तवाचुङ नगरपालिका तथा खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाका अतिविपन्न नागरिकलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल र नोवेल मेडिकल कलेज विराटनगरले उपचारमा ५० प्रतिशतसम्म सहुलियत दिने भएको हो । काठमाडौँस्थित सिनामङ्गलमा प्रधान कार्यालय रहेको केएमसी अस्पतालले विभिन्न शाखामार्फत सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानीय तहसँग गरिएको सम्झौतामा उल्लेख छ । स्थानीय तहसँगको सम्झौताअनुसार केएमसीले सिनामङ्गलमा उपचार गराउन आउने नागरिकका लागि २५ प्रतिशत तथा दुवाकोट भक्तपुरमा आउनेका लागि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाले नोवेल मेडिकल कलेज विराटनगरमार्फत समेत अतिविपन्न नागरिकका लागि उपचारमा सहुलियत दिलाउने विषयमा स...
शिक्षक राईको हत्या आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली सार्वजनिक

शिक्षक राईको हत्या आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली सार्वजनिक

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, १४ भदौ । केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिटगरी हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ११ जना आरोपितको नामावली प्रहरीले सार्वजनिक गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लाग्ने भदौरे मेला घुम्न जानुभएका ३९ वर्षीय शिक्षक राईको कुटपिटगरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो । शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा एउटै गाउँ सुङ्देलका २१ वर्षीय प्रबेस भनिने सागर कोयी राई, मौली भनिने २१ वर्षीय प्रतीक राई, माइकल भनिने २५ वर्षीय निशान राई, २३ वर्षीय सुशिल राई, शेरबहादुर भनिने ३२ वर्षीय अमर राई, उमेश भनिने ३० वर्षीय उमेश दुमीराई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र...
नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङको अध्यक्षमा सुनिता मगर

नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङको अध्यक्षमा सुनिता मगर

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १४ भदौ । नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङको अध्यक्षमा सुनिता मगर चयन हुनुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा सम्पन्न नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङको प्रथम जिल्ला अधिवेशनले सुनितालाई सर्वसम्मत् जिल्ला अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा बशी थापामगर, सचिवमा लक्ष्मी आलेमगर र कोषाध्यक्षमा बबिता मगरलाई चयन गरेको छ । नेपाल मगर साँस्कृतिक सङ्घका कोशी प्रदेश अध्यक्ष रवि पुलामीमगरको सभापतित्वमा सम्पपन्न प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित समितिलाई नेपाल मगर सङ्घका केन्द्रीय सदस्य तुफान आलेमगरले पद तथा गोपणीयताको शपथ खुवाउनुभएको थियो । नेपाल मगर साँस्कृतिक सङ्घ खोटाङले जिल्लामा मगर संस्कार तथा संस्कृतिसँग गतिविधिलाई सक्रियताका साथ अगाडि बढाउँदै आएको छ । विभिन्न साँस्कृति कार्यक्रमसहित सम्पन्न मगर साँस्कृतिक सङ्घ खोटाङको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित समितिले मगर ...
नेवार समुदायको प्रमुख चाड गाई जात्रा : दिवङ्ग भएका आफन्तको चिर शान्तिको कामना

नेवार समुदायको प्रमुख चाड गाई जात्रा : दिवङ्ग भएका आफन्तको चिर शान्तिको कामना

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, मनाेरञ्जन, समाचार, समाज
खोटाङ, १३ भदौ । गाई जात्रालाई विशेषगरी व्यङ्ग्य प्रहार गर्ने दिनको रूपमा चिन्ने गरिन्छ । नेवार समुदायको प्रमुख चाड गाई जात्राको अवसरमा सरकार, नेता तथा सामाजिक कूरीतिका विरुद्ध व्याङ्ग्य प्रहार गर्ने प्रचलन छ । नेवार समुदायको घनाबस्ती रहेको ठाउँहरुमा हरेक वर्ष गाई जात्रा मनाउने प्रचलन छ । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाई जात्राको अवसरमा दर्शकलाई मनोरञ्जन दिलाउन लाखे नाचसमेत प्रदर्शन गरिन्छ । गाई जात्रामा वर्ष दिनभित्र मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै चिर शान्तिको कामनासहित पूजाआजा गर्ने प्रचलन छ । यही प्रचलन अन्तरगत शनिबार दिनभर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा गाई जात्राको रौनक छाएको थियो । दिक्तेल बजारका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाचसँगै सापारु (दिवङ्गत भएका व्यक्तिको तस्वीरसहितको खट’ परिक्...
शिक्षकको हत्या आरोपमा आफ्नै गाउँका ११ जना स्थानीय प्रहरीको नियन्त्रणमा

शिक्षकको हत्या आरोपमा आफ्नै गाउँका ११ जना स्थानीय प्रहरीको नियन्त्रणमा

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, १३ भदौ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिटगरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसर पारेर लाग्ने मेला भर्न गएको समयमा बिहीबार राति भएको बिबादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ । शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलकै ११ जना व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभएको छ । “घटनास्थलसम्म पैदल जानुपर्छ । त्यस क्षेत्रमा टेलिफोनको नेटवर्ककलेसमेत काम गर्दैन । घटनाको विषयमा थप विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ । घटनास्थलबाट प्रह...
ट्याक्टर दुर्घटना अपडेट : एकको मृत्यु, १९ जनालाई थप उपचारमा काठमाडौँ पठाइयो

ट्याक्टर दुर्घटना अपडेट : एकको मृत्यु, १९ जनालाई थप उपचारमा काठमाडौँ पठाइयो

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १२ भदौ । धार्मिक मेला भरेर घर फर्कदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कदै गरेको भक्तजन चढेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटना हुँदा गम्भीर घाइते बनेका वडा नं. ५ लफ्याङका १४ वर्षीय दिवश परियारको मृत्यु भएको हो । ट्याक्टर दुर्घटनामा गम्भीर घाइते बनेका परियारलाई घटनास्थलबाट तत्काल प्रहरीले उद्धार गरेर थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । दुर्घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्यु भएका परिवारको श...
ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १२ भदौ । धार्मिक मेला भरेर घर फर्कदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कदै गरेको भक्तजन चढेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भएको हो । गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएर भएको दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ । “दुर्घटनाका सबै घाइतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौँ । अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन”, उहाँले भन्नुभयो, “पाँच जनाको अवस्था गम्भीर छ । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारको लागि काठमाडौँ रिफर गरिसकेको छ । १४ जनाको यही उपचार ...
श्रावण शुक्ल पूर्णिमा : धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीसहित दर्शनार्थीको भीड

श्रावण शुक्ल पूर्णिमा : धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीसहित दर्शनार्थीको भीड

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाको अवसर पारेर जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिएको मेलामा धामीझाँक्रीसहित दर्शनार्थी तथा भक्तजनको भीड लागेको छ । ढोल÷झ्याम्टा तथा ढ्याङ्ग्रो र थालको तालमा ‘सै राजा सै–सै, सै रानी सै–सै’ बोलको गीत गाउँदै धार्मिक एवम् पर्यटकीयस्थलहरुमा ढोलेतालेसहित पुगेका धामीझाँक्रीहरु पूजाआजा गर्दै नाचिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने प्रचलन छ । महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने धार्मिक मान्यता रहिआएको छ । परापूर्वकालदेखि मानिँदै आएको धार्मिक मान्यताअनुसार धामीझाँक्रीहरु श्रावण शुक्...
भोटेकोशी बाढी : नेपाली सेनाका लेसनायकसहित आठ खोटाङ्गे सम्पर्कविहीन

भोटेकोशी बाढी : नेपाली सेनाका लेसनायकसहित आठ खोटाङ्गे सम्पर्कविहीन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ११ भदौ । रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोशीमा आएको भीषण बाढीपछि खोटाङका आठ व्यक्ति सम्पर्कविहीन भएका छन् । नेपाली सेनाका लेसनायक पवन खत्री (दाहाल)सहित विभिन्न पेशा÷व्यवसायको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा रहेका आठ जना खोटाङ्गे सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी सेनाका लेसनायक ३२ वर्षीय पवन खत्री दाहाल, सोही नगरपालिकाको वडा नं. ४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, सोही नगरपालिकाको वडा नं.–१५ विजयखर्कका ४३ कविन राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ४१ वर्षीय बालकुमार तामाङ, वडा नं. ३ ऐसेलुखर्कका ५३ वर्षीय युवराज राई र ३३ वर्षीय यसबहादुर राई, सोही गाउँपालिका–७ माक्पाका ६० वर्षीय तारानाथ थापा र उमेर नखुलेका रावाबेँसी गाउँपालिका–३ लामीडा...
भोटेकोशी बाढी : खोटाङका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासनको आग्रह

भोटेकोशी बाढी : खोटाङका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासनको आग्रह

अर्थ, कृषि, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, १० भदौ । रसुवाको भोटेकोशी लगायतमा आएको भीषण बाढी प्रभावित जिल्लाहरूमा रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा गएका खोटाङ जिल्लाका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ । प्रशासनले बुधबार साँझ एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङवासी नागरिक सुरक्षित रहे÷नरहेको र आफ्ना आफन्तहरूसँग सम्पर्कमा आए÷नआएको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । प्रशासनद्वारा जारी सूचना अनुसार बाढी प्रभावित क्षेत्रमा गएका व्यक्तिहरूले तुरुन्त आफ्ना आफन्तहरूसँग सम्पर्क गर्न र आफन्तहरूले पनि उनीहरूको अवस्था यकिन गरी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ । भोटेकोशीमा आएको बाढीले रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएपछि प्रशासनले आफ्ना नागरिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका ला...