एउटै घरका दिदीभाइ मृत फेला, प्रहरीमा जानकारी नदिइ दाहसंस्कार गर्दा समस्या
खोटाङ, २४ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलका गोबिन्द बस्नेतका दुई छोरी र एक छोरासहित छ जना बालबालिका यही साउन–२२ गते गाउँबाट हराएका थिए । सँगै हराएका चारजना बालबालिका सकुसल भेटिए । तर, गोबिन्दका ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज भने, जङ्गलमा मृत भेटिए ।
गाउँबाट एकैसाथ हराएका छ जना बालबालिकामध्ये गोबिन्दको छोरी र छोरा मृत फेला परेको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ । “गोबिन्द बस्नेत शान्ति निकेतन माध्यमिक विद्यालयका कार्यालय सहयोगी हुनुहुन्छ । श्रीमतीले अर्कै विवाह गरेपछि गोबिन्द दुई छोरी र एक छोरासहित घरमा बस्दै आउनुभएको थियो”, उहाँले भन्नुभयो, “सँधै छोराछोरीलाई आफूसँगै विद्यालय लिएर जाने गर्नुहुन्थ्यो । त्यो दिन घरमा डिसहोम जडान गरेकाले ढिला हुँदा छोराछोरीलाई आउँदै गर भनेर विद्यालय जानुभएको रहेछ । तर, छोराछोरी विद्य...
