शिक्षक रामबिक्रम थापा ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’बाट पुरस्कृत
खोटाङ, १५ साउन । ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै शिक्षक थापालाई रु दश हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत शिक्षक थापा वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । शहीद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ ।
शहीद मनोज जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कृत शिक्षक थापा...
