Thursday, April 23

गृह पृष्ठ

कृषकलाई स्वरोजगार बनाउन दिक्तेल रुपाकोट मझुवागढीमा राँगा वितरण कार्यक्रम

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका कृषकलाई उन्नत जातका राँगा वितरण कायक्रम शुरु गरेको छ । नगरभित्रका कृषकलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्म निर्भर बनाउने उद्देश्यले यो वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रम अन्तरगत तराईका फामहरुबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत कृषकहरुलाई वितरण गर्न शुरु गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभयो । “यो वर्ष ४०० वटा राँगा वितरण गर्ने कार्यक्रम छ । नगरपालिकाभित्र गठित कृषक समूहमार्फत कृषहरुलाई वितरण गरिन्छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रम अन्तरगत ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । घोषित कार्यक्रम अनुसार हालसम्म करिब २०० वटा वितरण गरिसहेका छौँ ।” पन्ध्र वडा रहेको यो नगरपालिकाको व...

वनमा लागेको डढेलो गाउँमा पस्दा एउटा विद्यालयसहित सात घर जलेर नष्ट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ४ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खोटाङमा एउटा सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका स्थानीयवासीको सातवटा घर जलेर पूर्णरुपमा नष्ट भएको हो । सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर गाउँ पस्दा साबिक डिकुवा गाउँ विकास समिति (गाविस)को वडा नं. ६ का स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको जनाइएको छ । डढेलोबाट डिकुवामा भएको आगलागीका घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी एवम् डिकुवाका पूर्ववडा सदस्य घनश्याम राईले जानकारी दिनुभएको छ । कक्षा–५...

हलेसीका अग्नीपीडितलाई पहिलो चरणमा रु २२ लाख राहत

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ४ चैत । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका अग्नीपीडितलाई राहत रकम उपलब्ध गराइएको छ । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा गत फागुन–४ गते ग्याँस लिक भइ आगलागी हुँदा पीडित बनेका चार घर स्थानीयवासीलाई पहिलो चरणमा रु २२ लाख राहत रकम उपलब्ध गराइएको हो । आगलागी भएको भोलिपल्ट अर्थात् फागुन–५ गते हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले अग्नीपीडितलाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई महिना सहयोग सङ्कलन गर्ने र १५ दिनमा सङ्कलन भएको रकम पीडितलाई दिने निर्णय गरेको थियो । आगलागी भएको १५ दिनमै राहत रकम हस्तान्तरण गर्न नसकिए पनि फागुन मसान्तसम्म सङ्कलन भएको रु २२ लाख राहत रकम आगलागी पीडितलाई उपलब्ध गराइएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । आगलागीबाट ...

प्रसिद्ध धर्मगुरु कालीदास बाबाद्धारा हलेसी र कालिका भगवती मन्दिरको दर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २ चैत । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले आज (शनिबार) खोटाङको त्रिधार्मिकस्थल हलेसी र दिक्तेलको कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुभएको छ । दिक्तेलस्थित धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिरको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबालाई दिक्तेल ल्याएको हो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका कालीदास बाबाले त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेपछि दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरेमा पूण्य प्राप्त नहुने बताउनुभएको छ । दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूण्य प्राप्त गरिने उहाँले बताउनुभयो । कालिका भगवती मन्...

यो महिना खोटाङका तीन ठाउँमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यो महिना जिल्लाका तीन ठाउँमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत–४, ५ र ६ गते बाक्सिला बजार, चैत–९, १० र ११ गते दिक्तेल बजार तथा चैत–१४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसी बजारमा निःशुल्क आँखा शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको हो । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया, आँखासम्बन्धी बिरामीको आँखा जाँच, औषधि तथा चस्मा वितरण लगायतका काम गरिने आयोजक नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । “दश स्थानीय तह रहेको जिल्लामा एक हजार ५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको हाम्रो सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार ...

अल्पायुमै मृत्युबाट बचाउन स्क्रिनिङ अभियान

#, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
चैत्र–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको पहिचान गर्न स्क्रिनिङ सुरु गरेको छ । अल्पायुमै मृत्यू हुन तथा अंगभंग हुनबाट बचाउन सचेतना अभियानका साथ स्क्रिनिङ सेवा सञ्चालन गरेको हो । नसर्ने रोगको बेलामै पहिचान गरी नियमित औषधी उपचार गरे अल्पायूमै मृत्यू र अंगभंग हुनबाट बच्न र बचाउन सकिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो । अचार्यका अनुसार नगर क्षेत्रका ३० बर्षदेखि माथिकालाई उच्च रक्तचाप, मधुमेह, मृगौला, पिसाब, उचाई र तौलको आधारमा बीएमआई परीक्षण गरिएको हो । नेपालमा हाल नसर्ने रोगहरुको ठूलो भार रहेको जनाईएको छ । अभियान अन्तर्गत हालै दिक्तेलबजारको हाटडाँडामा ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण गरिएकोमध्ये १८ जनामा उच्च रक्तचाप ६ जनामा मधुमेह, पाँच जनामा मृगौलाको समस्या, १२ जनामा अत्याधिक मोटोपना र ३० जनामा मोटोपना देखिएको छ । समध...

जग्गाधनीले मुआब्जा नपाए जलविद्युत आयोजना नै बन्द गर्ने सङ्घर्ष समितिको चेतावनी

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरुको जमिन उपयोग गरेबापत मुआव्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको वडा नं.–६ दिप्सुङ र वडा नं.–७ सुङ्देलका स्थानीयले रावाखोलामा जलविद्युत आयोजना सञ्चालन गर्ने तीनवटा हाइड्रोपावर कम्पनीबाट मुआव्जा नपाएको गुनासो गरेका हुन् । रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले फरक–फरक तीनवटा ठाउँमा जलविद्युत आयोजना सञ्चालन गरेको छ । सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत वि.सं. २०७७ भदौ–१६ गते नेशनल ग्रिडमा जोडिएको थियो । जलविद्युत आयोजनाको ट्रान्समिसन र पाइपलाईन विस्तारका क्रममा प्रयोग गरिएको...

होलीको साँझमा बबिनाको तहल्का

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार
–रामधन राई  खोटाङ, १ चैत । सिमसिम पानी छिट्याउन थाल्यो । झम्के साँझ पर्न थाल्यो । ‘माथि–माथि हिमाली भेगमा हिउँ प¥यो फुरुरु...’ । गायिका बबिना किरातीको स्थायीसँगै दर्शकका तालीको पर्रासहितको अन्तरा एकैसाथ गुञ्जन थाले । मैदानमा दर्शकहरु झुम्मिन थाले । पटकाको बर्षा बर्षिए । गायिका/गायक लगायत संगीतप्रेमीहरुको स्वागतमा निक्कै लामो लहर चलिरह्यो । फागुन २९ गते अर्थात होली पर्व । सोल्मा स्पोर्टस क्लब, दिक्तेल सोल्मा अर्थात आयोजकको सोल्मास्थित खेलमैदान । माथिल्लो भेग र चिसो मौसम । रोमाञ्चक खेलका साथै होली पर्बका कारण पनि खैलमैदान तथा आसपासका क्षेत्र रंगिन यसै थियो । सद्भावको रंगमा रंगिएका मान्छेहरु बबिना किरातीको गायकीमा झनै रङ्मगिएका थिए । समापनमा बिशेष आकर्षण थियो बिशेष सांगीतिक प्रस्तुति । साँझ हुर्कंदै जाँदा मञ्च सामुन्ने भीड बाक्लिँदै गयो । सिमसिम बर्षा हुन थाले पनि कसैलाई पर्वाह थिएन ...

महादेवस्थानले उचाल्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा आज (बिहीबार) साँझ सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि उचालेको हो । प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निक्कै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरुद्ध कुनै पनि गोल फर्काउन नसक्दा पाँचौँ संस्करणको उपाधि चुम्नबाट चुकेको हो । प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले रु एक लाख ३३ हजार ३३३ तथा उपविजेता ...

उद्योगमार्फत दुना–टपरीको व्यवसायिक उत्पादन

#, अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ । बाम्राङ सङखुका ज्ञानबहादुर राईले मेसिन मार्फत ब्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न सुरु गर्नुभएको हो । बिहे–कार्जे भोज–भतेरमा दुना टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले दुना–टपरी बनाउन सुरु गरेको राईले बताउनुभयो । दुना टपरी उद्योगमा निम्न आर्थिक अवस्थाकाहरूलाई रोजगारीको मेसो बनेको समेत राईको भनाई छ । दुना–टपरी सालको पातबाट बनाइन्छ । दुना–टपरीको कारण सालको पातको समेत सदुपयोग हुने गरेको छ । सालको पातलाई प्रतिमुठा ३५ देखि ६० रूपैयाँसम्ममा खरिद गरिदिने गरेको र दुना–टपरी गाँस्नेलाई प्रतिगोटा एक रूपैयाँका दरले दिने गरेको राईको सुनाउनुभयो । प्लाष्टिकजन्य वस्तुले शहरबजार मात्र नभएर गाउँघरसम्म फोहोर बनाउनुका साथै वातावरणमा समेत प्रतिकुल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न दुना–टपरी उपयोगी हुने उद्योग ...