नेवाः देय् दवू खोटाङको अध्यक्षमा गोपाल श्रेष्ठ चयन
खोटाङ, ८ माघ । नेवाः देय् दवू खोटाङको अध्यक्षमा गोपाल श्रेष्ठ सर्वसम्मत् चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा आज (मङ्गलबार) सम्पन्न नेवाः देय् दवू खोटाङको तेस्रो जिल्ला अधिवेशनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।
जिल्ला कार्यसमितिको वरिष्ट उपाध्यक्षमा मन्दीप श्रेष्ठ, महिला उपाध्यक्षमा सर्मिला श्रेष्ठ, खुला उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, सचिवमा यज्ञनारायण तथा महिला सचिवमा सन्ध्या श्रेष्ठ चयन हुनुभएको छ । ‘नेवाः देय् दवू राष्ट्र कै शान, भाषा, कला, संस्कृति पहिचान’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले २१ सदस्यीय जिल्ला कार्यसमितिको कोषाध्यक्षमा हीराकुमारी श्रेष्ठलाई चयन गरेको छ ।
जिल्ला कार्यसमितिको सदस्यहरुमा डिल्लीनारायण श्रेष्ठ, नेत्र श्रेष्ठ, कल्पना राजभण्डारी, गोविन राजभण्डारी, हीरा श्रेष्ठ्र, रुद्रनार...
