Thursday, June 4

पर्यटन

यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्र...

मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयका लागि पर्यटन मन्त्रालयको रु तीन करोड बजेट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २२ जेठ । दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ । वि.सं.२०८० सालमा दिक्तेल बजारमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’ का क्रममा बनाइएका क्यानभास चित्र राखेर दिक्तेलमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयका लागि आवश्यक भवन निर्माणका लागि पर्यटन मन्त्रालयले बजेट उपलब्ध गराउने भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वि.सं. २०८० असोज–१७ गतेदेखि असोज–२० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । विभिन्न पर्यटकीयस्थलमा लगेर आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ५० देशका ख्यातिप्राप्त चित्रकारहरुले ...

किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीनचुलाको पूजासँगै बृहत् साकेला सिली प्रदर्शन

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १७ जेठ : किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर शनिबार किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा नछुङ (धामी)मार्फत तीनचुलाको पूजाआजासँगै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजना गरिएको चुला पूजा तथा बृहत् साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएर सामुहिक रुपमा तीनचुलाको पूजा गर्दै साकेला नाचेका छन् । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको बृहत् साकेला सिली प्रदर्शनीमा साकेला सिली प्रदर्शन गर्न विभिन्न जिल्ला तथा स्थानका १३ समूह सहभागी भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ । त...

जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका लागि लडिरहेको छु : नेता कोइराला

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १७ जेठ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा आफू रहेको बताउनुभएको छ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र सँस्कारको समान अधिकार...

हलेसी तुवाचुङका जनप्रतिनिधिको तीनवर्षे उपलब्धि सार्वजनिक, अबको एउटै लक्ष्य पर्यटन प्रवद्र्धन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका दोस्रो कार्यकालका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा गरेको अवसर पारेर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो तीनवर्षे कार्यकालको मुख्य उपलब्धिहरु सार्वजनिक गरेका हुन् । त्रिधार्मिकस्थल हलेसी बजारस्थित होलेसुङ रिसोर्टमा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले गरेका मुख्य उपलब्धिहरुलाई भिडियो (श्रव्यदृष्य सामग्री) डकुमेन्ट्रीमार्फत सार्वजनिक गरिएको छ । औपचारिकरुपमा सार्वजनिक गरिएको डिडियो डकुमेन्ट्रीअनुसार जनताका आधारभूत मागहरुलाई सम्बोधन गर्दै अबको एउटै लक्ष्य पर्यटन विकास तथा प्रवद्र्धनका योजना बनाइएको जनाइएको छ । भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले तीनवर्षको अवधिमा ९२ कि...

साहित्यिक महोत्सव–२०८२ : पूर्व समन्वय समिति प्रमुख चाम्लिङ र कवि शर्मा सम्मानित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, साहित्य
खोटाङ, ४ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा सम्मान गरेको छ । खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत साहित्यिक महोत्सव कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व जिसस प्रमुख चाम्लिङ र सुनसरीकी कवि शर्मालाई जनही रु ११ हजार १११ नगदसहित सम्मान गरेको हो । चाम्लिङलाई पूर्व कार्यक्रम संयोजक हुनुभएकाले र शर्मालाई नेपाली साहित्यिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेबापत सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । चाम्लिङलाई सहायक प्रमुख जिल्ला अधिकारी सागर साह र शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नु...

तराई, पहाड र हिमाललाई जोडेर पर्यटकीय पदमार्ग बनाउन ‘ग्रेटर मुन्दुम ट्रेल’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १ जेठ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को अन्वषण सम्पन्न गरेको छ । पूर्वी तराईमा पर्ने सप्तकोशीस्थित खुवालुङदेखि पहाडै पहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)सम्म सहजरुपमा पैदल यात्रा गर्न सकिने छोटो दूरीको पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको हो । सप्तकोशीको चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिनुभयो । “ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा...

‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३१ वैशाख । ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले छ दशमलव पाँच अङ्क जोड्दै प्रथम स्थान ओगट्नुभएको हो । सात राउण्डको प्रतियोगितामा समान साढे पाँच अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो हुनुभएको छ । यस्तै, रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ हुनुभएको प्रतियोगिताका सहजकर्ता बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभएको छ । विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियो...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३० वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत आज (मङ्गलबार)बाट खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । दिक्तेल बजारस्थित खोटाङ बहुेउद्देश्यीय कभर्डहलमा टेबलटेनिस तथा जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ५२ तथा बुद्धिचाल प्रतियोगितामा ४१ जना राष्ट्रिय तथा अन्तर्राट्रियस्तरका खेलाडी सहभागी रहेको संयोजनकर्ता जिल्ला ...

दिक्तेलमा पुस दोस्रो साता ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गरिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकारले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पु¥याउनका लागि ‘जैविक विविधता ः रेड पान्डा र थार–संरक्षण संवद्र्धन, समृद्धिको आधार’ भन्ने नाराका साथ दिक्तेल बजारमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि गत चैत–२५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाहको आधारमा सम्मेलन गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “जलवायु परिवर्तनसँगै मानव तथा प्राणीको अस्तित्वलाई सुरक्षित राख्न, जैविक विविधताको संरक्षण गर्न, हरियाली प्रवद...