भोटेकोशी बाढीपीडितका लागि राप्रपा खोटाङले पठायो प्रशासनमार्फत राहत रकम
खोटाङ, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले भोटेकोशी बाढीपीडितका लागि राहत रकम पठाएको छ । राप्रपा खोटाङले २५ जना नेता तथा कार्यकर्ताबाट सङ्कलन गरेको रु २८ हजार १०० राहत रकम आज (मङ्गलबार) जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो ।
बाढीपीडितका लागि सङ्कलित नगद रकम प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राई ‘जीवन’ले जानकारी दिनुभएको छ । भोटेकोशी बाढीपीडितका लागि संस्थागत रुपमा राहत रकम उपलब्ध गराउनेमा राप्रपा खोटाङ जिल्लामा पहिलो पार्टी बनेको छ ।
राप्रपा खोटाङले उपलब्ध गराएको नगद राहत रकम मङ्गलबार नै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिनुभएको छ । “जिल्लामा अहिलेसम्म राप्रपा बाहेक अन्यले संस...









