Monday, September 21

कोशी प्रदेश

शहीद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसमा अन्तरसम्वाद कार्यक्रम

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १३ जेठ । शहीद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा खोटाङमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ । प्रेस सेण्टर नेपाल खोटाङले आयोजना गरेको स्मृति दिवसमा इच्छुकको विचार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीसहितको राजनीतिक परिवर्तन तथा जनपक्षीय पत्रकारितामा केन्द्रित रहेर अन्तरसम्वाद गरिएको हो । प्रेस सेन्टर नेपालका आदर्श व्यक्तिका रुपमा सम्मान गर्दै आइएको पत्रकार इच्छुक जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा वि.सं. २०५९ जेठ–१३ गते राज्यतर्फबाट मारिनुभएको थियो । शहीद इच्छुकको स्मृतिमा प्रेस सेण्टर नेपालले हरेक वर्षको जेठ–१३ गतेलाई दिवसको रुपमा मनाउँदै आएको छ । दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा इच्छुको तस्वीरमा माल्र्याण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । प्रेस सेण्टर नेपालका के...

जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १२ जेठ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । वि.सं. २०४९ वैशाख–१ गते स्थापना भएर १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्न गत वैशाख–१ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । लामो समयसम्म १५ श्यया क्षमताको सुविधासहित सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको अस्पताल भवनको कामसमेत अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट पारित गरेर मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरिएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार...

सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाउने तयारी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १२ जेठ । सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता बन्नुभएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता हुनुभएका सविनको खोजिमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ः०० बजेको समयमा सुनकोशीले बगाएको खबर प्राप्त भएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभएको छ । पौडी खेल्नेक्रममा सविन सुनकोशी बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजि गर्नेक्रम जारी राखेपनि हालसम्म फेला पार्न नसकेको वडाध्यक्ष राईले बताउनुभएको छ । सुनकोशीमा डुबेर सविन बेपत्ता भएको घटनास्थलबाट जानकारी आउनासाथ इलाका प्हरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी का...

माओवादी केन्द्र बराहपोखरी गाउँपालिका अध्यक्षमा मुकेश राई चयन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ,  १०  जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बराहपोखरी गाउँपालिका कार्यसमितिको अध्यक्षमा मुकेश राई चयन हुनुभएको छ । माओवादी केन्द्र बराहपोखरी गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले राईलाई सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो । ३१ सदस्यीय गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा पदमबहादुर मगर, अजम तामाङ र गणेश परियारलाई चयन गरेको छ । यस्तै, सचिवमा रामबहादुर विश्वकर्मा, सहसचिवमा बलबहादुर राई र कोषाध्यक्षमा मनिसा विश्वकर्मालाई चयन गरेको जनाइएको छ । निर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ । माओवादी केन्द्र खोटाङले यसअघि जिल्लाका आठवटा स्थानीय तहको सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा अब रावाबेँसी गाउँपालिकाको सम्मेलन गर्न बाँकी रहेको माओवादी क...

दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिलाले जित्यो छैटौँ संस्करणको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १० जेठ । खोटाङको दिक्तेल बजारमा सम्पन्न ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नुनथला स्पोर्टस् क्लब नुनथलालाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै बाक्सिला फुटबल क्लब बाक्सिलाले रु दुई लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित छैटौँ संस्करणको उपाधि जितेको हो । खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उपाधि विजेता बाक्सिलाका १४ नं. जर्सीका खेलाडी सुजन माझी एक्लैले नुनथलाविरुद्ध चार गोल गर्नुभएको थियो । फाइनल खेलको पहिलो हाफमा ३–० गोलको अग्रता लिएको बाक्सिलाले दोस्रो हाफमा पुनः ३–० गोल गर्दै छैटौँ आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा उपविजेता बनेको नुनथला स...

दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिला र नुनथला फुटबल क्लब फाइनलमा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ९ जेठ । बाक्सिला फुटबल क्लब र नुनथला फुटबल दिक्तेलमा जारी ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को फाइनलमा प्रवेश गरेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज (शुक्रबार) भएको सेमिफाइनल खेलमा हलेसी तुवाचुङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै बाक्सिला फुटबल क्लब तथा नेर्पा स्पोर्टस् क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै नुनथला फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । हलेसी तुवाचुङ र बाक्सिला फुटबल क्लबबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफमा बाक्सिला पुटबल क्लबका जर्सी नं. ३० का सामेल राईले गर्नुभएको गोल नै फाइनलका लागि निर्णायक बनेको थियो । निक्कै रोचक प्रतिस्पर्धा भएको सेमिफाइनलको पहिलो खेलमा बाक्सिला फुटबल क्लबका सामेलले दोस्रो हाफको ६० औँ मिनेटमा गोल गर्दै आफ्नो क्लबलाई फाइनल प्रवेश गराउनुभएको हो । नुनथला फुटबल क्लब र नेर्पा स्पोर्टस् ...

वाईसिएल नेपाल १ नं. प्रदेश सचिवमा खोटाङका शुभलाल राई ‘आदेश’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ९ जेठ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको १ नं. प्रदेश सचिवमा खोटाङका शुभलाल राई ‘आदेश’ निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपालको ईटहरीमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले आदेशलाई सर्वसम्म् सचिवमा चयन गरेको हो । १३ वर्षको कलिलो उमेरदेखि तत्कालीन नेकपा माओवादी पार्टीमा सक्रिय हुनुभएका आदेश वि.सं. २०६६ सालदेखि वाईसिएल नेपालमा आवद्ध भएर सङ्गठनमा सक्रिय रहनुभएका छ । वि.सं. २०६२ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ताका रुपमा जनकलाकार हुँदै वि.सं. २०७० सालमा वाईसिएल नेपाल विशेष प्रदेश समितिको संस्थापक सचिव तथा पहिलो राष्ट्रिय सम्मेलनमा उमेर समूहबाट केन्द्रीय सदस्य र दोस्रो राष्ट्रिय सम्मेलनमा खुला केन्द्रीय सदस्यका साथै खोटाङ इन्चार्ज चयन हुनुभएको थियो । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस काठमाडौँबाट अङ्ग्रेजी विषयमा एमएसम्मको अध्य...

नेकपा (एकीकृत समाजवादी) खोटाङद्धारा प्रधानमन्त्रीलाई नौँ बुदे स्मरणपत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि बुझाएको मागका बारेमा स्मरण गराएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङले बिहीबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै गत वैशाख–२१ गते प्रधानमन्त्री ओलीलाई आफूहरुले बुझाएको नौँ बुदे मागका बारेमा कुनै सुनुवाइ नभएपछि पुनः स्मरण गराएको हो । एकीकृत समाजवादी खोटाङले देशमा विद्यमान अवस्थामा दुई खाले शिक्षा प्रणाली र यसलाई अन्त गरेर उच्च शिक्षासम्म निःशुल्क तथा आधुनिक किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्न, आवश्यक स्वास्थ्य उपकरण, प्रयाप्त औषधिका साथै जनशत्तिसहितको अस्पताल निर्माण गरेर जनताको पहुँचमा निःशुल्क स्वास्थ्य सेवा पु¥याउन तथा भ्रष्टाचार, बेथिति र ढिलासुस्ती नियन्त्रण गर्न माग गरेको थियो । यस्तै, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न, कृषि क्षेत्रमा लागेका व्यक्तिहरुलाई व्यवसायिक ...

हलेसी तुवाचुङका जनप्रतिनिधिको तीनवर्षे उपलब्धि सार्वजनिक, अबको एउटै लक्ष्य पर्यटन प्रवद्र्धन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका दोस्रो कार्यकालका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा गरेको अवसर पारेर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो तीनवर्षे कार्यकालको मुख्य उपलब्धिहरु सार्वजनिक गरेका हुन् । त्रिधार्मिकस्थल हलेसी बजारस्थित होलेसुङ रिसोर्टमा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले गरेका मुख्य उपलब्धिहरुलाई भिडियो (श्रव्यदृष्य सामग्री) डकुमेन्ट्रीमार्फत सार्वजनिक गरिएको छ । औपचारिकरुपमा सार्वजनिक गरिएको डिडियो डकुमेन्ट्रीअनुसार जनताका आधारभूत मागहरुलाई सम्बोधन गर्दै अबको एउटै लक्ष्य पर्यटन विकास तथा प्रवद्र्धनका योजना बनाइएको जनाइएको छ । भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले तीनवर्षको अवधिमा ९२ कि...

स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारको खबरदारी आवश्यक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, सूचना प्रविधि
खोटाङ, ५ जेठ । स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको खोटाङमा आयोजित अन्तरसम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको ‘पत्रकारिता क्षेत्रको सशक्तिकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङसँगको समन्वयमा पत्रकार महासङ्घ कोशी प्रदेशले दिक्तेलमा अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको थियो । दिक्तेलस्थित होटल शुभदिनमा आयोजना गरिएको अन्तरसम्वाद कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरिएको थियो । स्थानीय तहका जनप्रतिनिधि र पत्रकारबीच आयोजना गरिएको अन्तरसम्वाद कार...