Monday, April 20

पाँच दिने माेजो र अनलाइन पत्रकारिता तालिम सुरु

धुलिखेल / सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा आज मंगलबार देखि पाँच दिने मोबाइल पत्रकारिता र अनलाईन पत्रकारिता तालिम शुरू भएको छ ।

मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेश का २२ जना र अनलाइन पत्रकारिता २० जना पत्रकारहरुको सहभागिता रहेको छ। सहभागी मध्य १२ जना महिला पत्रकार छन् । मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक विकास कार्की र रामु सापकोटा तथा अनलाइन पत्रकारिता तालिमका लागि उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिँदै छन् ।

विगत ४ वर्ष देखि नै विभिन्न किसिमको तालिम दिँदै आएको सञ्चार रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्षमा तथ्याङ्क पत्रकारिता, चलचित्र पटकथा लेखन, अनलाइन तथा मोबाइल पत्रकारिता, रेडियो प्राविधिक ,चलचित्र पत्रकारिता लगायतका तालिम सम्पन्न गरीसकेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिए। हाल सञ्चालित तालिम लिएपछि अनलाइन र मोबाईलको प्रयोग द्वारा पत्रकारिता सिक्ने अवसर प्राप्त हुने रजिष्ट्रार सापकोटाले जानकारी दिए ।