प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन
खोटाङ, २६ भदौ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौँ जिल्ला अधिवेशन तथा ११ औँ साधारणसभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।
प्रेस युनियन खोटाङको नवनिर्वाचित जिल्ला अध्यक्ष शेर्पा नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको उपाध्यक्ष हुनुहुन्छ । समायोजन खबर डटकमका सञ्चालक तथा द हिमालय टाईम्स दैनिकका खोटाङ सम्वाददाता रहनुभएका शेर्पा यसअघि प्रेस युनियन खोटाङको उपाध्यक्ष हुनुहुन्थ्यो ।
एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला सदस्यमा एनिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगिन राई र कोषाध्यक्ष मनिता राई चयन हुनुभएको छ । जिल्ला सदस्यहरुमा मनोज आचार्य, पदम हिङमाङ, मिलन आचार्य, दिनाराज कार्की र एल्जिसा राई चयन हुनुभएको छ ।
युनियनको प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ...








