मंगलबारदेखि काभ्रेको धुलिखेलमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ ।
सञ्चार र प्रविधिको विकासले फट्को मारिसकेको अवस्थामा बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्न अबको पत्रकारिताले सञ्चार प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारहरुलाई विषयमा केन्द्रित भएर पत्रिकारता गर्न आग्रह गर्दै सहरमुखि नभएर ग्रामीण परिवेशमुखि पत्रकारिता गर्न आवश्यक रहेको बताए । प्रादेशिक संरचनाले राष्ट्रिय आवश्यताको काम गर्न सकिदो रहेछ भन्ने उदाहरण बागमती प्रदेश र सरकारले देखाउन सकेको बताउदै उनले अनलाईन र मोबाइल पत्रकारिता तालिमको आयोजना गरेको बताए ।
आगामि दिनमा अब प्राप्त ज्ञानलाई विकास गर्न अर्को तालिमको आयोजना गरिने बताउँदै पत्रकारहरुलाई सिकेको कुरा व्यवहारमा देखिने गरी काम गर्न पत्रकारहरुलाई आग्रह गरे ।
अनलाइन पत्रकारितामा उमेश श्रेष्ठ र प्रवेश सुवेदीले तथा मोबाइल पत्रकारिताको विषयमा विकास कार्की र रामु सापकोटाले तालिमलाइ सहजीकरण गर्नु भयको थियो भने बागमती प्रदेशमा क्रियाशिल २२/२२ जना पत्रकारको यस तालिम मा सहभागी थिय ।
