हलेसी तुवाचुङका घरविहीन तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर
खोटाङ, ८ भदौ । हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रति परिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो ।
लामो समयदेखि जीर्ण घरमा बसोवास गर्दै आएका वडा–२ डिकुवाका देशवीर राई र वडा–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं.–१० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका छन् ।
वृद्ध दम्पत्तिमात्र रहेका डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आउनुभएको थियो । लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आउनुभएका बृद्ध दम्पत्तिको लागि नगरपाल...









