खोटाङ, १२ कात्तिक । खोटाङको दिक्तेलबजारमा रहेको प्रभु बैंकको शाखा कार्यालय सारिएको छ । हालसम्म दिक्तेलको अम्बागाछीचोकबाट सञ्चालन गरिएको प्रभु बैंकको शाखा कार्यालयलाई दिक्तेलकै रत्नपार्कमा स्थानान्तरण गरिएको हो । कात्तिक ११ गतेदेखि रत्नपार्कबाट एटिएमसहितको सम्पूर्ण कारोबार सुरु गरिएको प्रभु बैंकको शाखा कार्यालयका प्रवन्धक प्रबिण घिमिरेले बताए ।
दिक्तेलबजारको पुरानो बैंकचोक नजिकै २०६९ भदौ १४ गते सेञ्चरी कमर्शियल बैंकको शाखा कार्यालय स्थापना गरिएको थियो । २०७९ पुसमा प्रभु बैंक र सेञ्चरी कमर्शियल बैंक मर्ज भएपछि प्रभु बैंक बनेको हो । यो नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक हो । अम्बागाछीचोक आसपासका स्थानीयले भने प्रभु बैंकको शाखा कार्यालय नसार्न आग्रह गर्दैआएका थिए ।
