Monday, April 20

नेपाल मगर विद्यार्थी सङ्घ खोटाङको अध्यक्षमा वीरेन्द्र मगर चयन

खोटाङ, २७ पुस । नेपाल मगर सङ्घ खोटाङको अध्यक्षमा वीरेन्द्र मगर चयन हुनुभएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा आज (शनिबार) सम्पन्न मगर विद्यार्थी सङ्घको दोस्रो जिल्ला सम्मेलनले वीरेन्द्र मगरको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रदीप लुङ्गेलीमगर, सचिवमा यानुकला थापामगर, सहसचिवमा रमिला खपाङ्गीमगर र कोषाध्यक्षमा गङ्गा पुलामीमगर चयन हुनुभएको छ । सदस्यहरुमा नवीन रानामगर, मुकेश रानामगर, धनकुमार पूर्वछानेमगर, रवि रानामगर, सजना मगर, ममता मगर, राधा मगर, तुलशा मगर, अनुशा मगर, लक्ष्मी थापामगर, रेणुका थापामगर, जमुना बलम्पाकीमगर, रमिला खपाङ्गीमगर, मनोज खपाङ्गीमगर, सुजता रानामगर र कला खपाङ्गीमगर चयन हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय सदस्य एवम् प्रदेश ईन्चार्ज प्रकाश ल्हायोमगरले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ । सम्मेलन उद्घाटन कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य जुद्धबहादुर पुलामीमगर, जिल्ला सचिव लालबहादुर लुङ्गेलीमगर ‘एलबी’ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘सम्पूर्ण मगर विद्यार्थीहरु एकजुट होऔँ, शैक्षिक जागरण फैलाऔँ’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा मगर सँस्कार, सँस्कृति झल्कने विभिन्न साँस्कृतिक झाँकीहरुसमेत प्रस्तुत गरिएको थियो । लामीडाँडास्थित नेपाल मगर सङ्घको वडा कार्यालयमा भएको सम्मेलनमा जिल्लाभरका मगर विद्यार्थीहरु सहभागी भएका थिए ।