Monday, April 20

बेसाहारा बनेकी ७२ वर्षीया वृद्धा र एक महिलाको उद्दार

खोटाङ, २० माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेसाहारा बनेकी एक बृद्दा र एक महिलाको उद्दार गरी मानब सेवा आश्रम बिराटनगर पठाएको छ । नगरपालिकाले वडा नम्बर ४ खाल्लेकी ७२ बर्षीया टीकामायाँ सार्की र वडा नम्बर १४ बुइपाकी ५१ बर्षीया मनमायाँ फुयाँललाई उद्दार गरी उपचार र सुरक्षित आश्रयको लागि बिराटनगर पठाएको हो ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल खोटाङको सहयोग तथा सहकार्यमा उद्दार गरी शनिबार बिहान जीपमार्फत बिराटनगर पठाईएको हो ।
टीकामायाँ एक छोरीको संरक्षणमा बस्दैआउनुभएकी थिईन । बृद्दा टीकामायाँ बिरामी परेकी कारण एक महिना अगाडीदेखि जिल्ला अस्पताल खोटाङमा उपचाररत रहनुभएको थियो । आमा टीकामायाँको उपचारकै अवधीमा घरमा छोरीको अचानक निधन भएको थियो । टीकामायाँलाई अस्पतालले डिस्चार्ज दिईसकेको भए पनि छोरीको निधनपछि आफन्तबिहिन बनेपछि अस्पतालले नै अभिभाबकत्व ग्रहण गरी संरक्षण दिईरहेको थियो ।

यस्तै, १५ बर्ष अघिदेखि मानसिक समस्याबाट ग्रस्त मनमायाँ परिवारबिहिन बनेपछि दिक्तेलबजारस्थित आचार्य गाउँमा माईती भदाकोमा आश्रय लिईरहनुभएकी थिईन् । मनमायाँकी माईती भदाको समेत आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन सकेको थिएन । मानसिक समस्याग्रस्त टिकामायँले १५ बर्षदेखि नै कष्टपूर्ण जीवनयापन गर्दै आउनुभएकी युवा नेता तथा समाजसेवी गोपाल आचार्यले सुनाउनुभयो । आचार्यका अनुसार मनमायाँको उपचार र सहज आश्रयका लागि आफन्तबाट ब्यवस्था हुन कठिन अवस्था रहेको छ ।

टिकामायाँलाई अस्पतालबाटै र मनमायाँलाई आचार्यगाउँस्थित माईतीबाटै उद्दार गरी जीपमार्फत बिराटनगरस्थित आश्रम पठाईएको हो । एक्लिएर साहाराबिहिन बनेका असहाय महिलाहरुलाई सहारा मानब सेवा आश्रमसँगको समन्वयपछि प्रहरी र नजिकी आफन्तका साथमा मानब सेवा आश्रम पठाईएको नगरप्रमुख तीर्थराज भट्टराईले जनाउनुभयो । यसअघि पनि नगरपालिकाले सडकपेटी, सार्बजानिक स्थल लगायतका स्थानहरुमा कष्टपूर्ण जीवनयापन गरिरहेका बेसाहारा, असहाय, अशक्त, शारीरिक तथा मानसिक रुपमा कमजोर मानिसहरु लगायत अभिभाबकबिहिन बालबालिकाहरुको उद्दार गर्दै आएको नगरप्रमुख भट्टराईको भनाई छ ।

नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ देखि बेसाहारा मानबहरुको संरक्षण र सेवा कार्यलाई प्रभावकारी बनाउन नीति निर्माण, बजेट बिनियोजन र कार्यान्वायन गर्ने प्रतिबद्दता जनाएको छ । ।