खोटाङ, २ फागुन । गैरसरकारी संस्था महासङ्घ खोटाङको अध्यक्षमा युवराज रिजाल पुनः दोहोरिनुभएको छ । गैसस महासङ्घ खोटाङको सातौँ जिल्ला अधिवेशनले रिजाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो ।
अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गीता थापा, सचिवमा दानबहादुर राई, उपसचिवमा पार्वती आचार्य र कोषाध्यक्षमा कञ्चन परियारलाई चयन गरेको छ । समितिको सदस्यहरूमा उर्मिला पोखरेल आचार्य, निरकाजी आचार्य, भक्त विश्वकर्मा, निलु थुलुङ, कमला घिमिरे, प्रेम श्रेष्ठ, सुवती राई र सुवासचन्द्र आचार्यलाई चयन गरेको छ ।
जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा भएको अधिवेशनको उद्घाटन कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
