Monday, April 20

युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा आयुश राई

खोटाङ, २७ जेठ । युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा आयुश राई चयन हुनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसको बि.ए. दोस्रो वर्षमा अध्ययनरत राईलाई युवा रेडक्रस सर्कलको अध्यक्षमा सर्वसम्मत् चयन गरिएको हो ।

सर्कलको उपाध्यक्षमा सपना नेपाली, सचिवमा विजय खड्का, सह–सचिवमा भिषण कार्की र कोषाध्यक्षमा लक्ष्मी भट्टराई चयन हुनुभएको छ । क्याम्पसमा मङ्गलबार भएको भेलाले गठन गरेको ११ सदस्यीय सर्कलका सदस्यहरुमा सपना फुयल, अनुशिल राई, विपना पोखरेल, तुलशा निरौला, चन्द्रकला मगर र युवराज खड्का रहनुभएको छ ।

युवा सर्कलको शिक्षक नायकमा नइन्द्रकुमार खत्री र सहनायकमा सुवाशचन्द्र राई रहनुभएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका कोषाध्यक्ष एवम् दिक्तेल बहुमुखी क्याम्पसका सहप्राध्यापक लीलाबहादुर खत्रीको उपस्थितिमा युवा रेडक्रस सर्कल पुनः गठन गरिएको हो ।