Monday, April 20

नियात्राविद् छाङ्छाका ‘प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययन’ बजारमा

खोटाङ, १ माघ । नियात्राविद् जय छाङ्छाको अनुसन्धानात्मक कृति प्राचीन नियात्रा विश्लेषणात्मक अध्ययन लोकार्पण भएको छ । कृतिमा प्राचीन नेपाली एवम् पाश्चात्य नियात्राको प्रवृत्ति, प्रारम्भिक नारीको नियात्रामा योगदान, के यात्रा साहित्यको अवसान भएकै हो त ? नियात्रा सिर्जनामा अस्पष्ठताको अवस्था, नियात्रा बिम्बविधान र नियात्राका सौन्दर्यहरू लगायतका विषय समेटिएका छन् ।
भोजपुर निवासी नियात्राविद् छाङ्छाका वि.सं. २०७७ सालमा रत्नपुस्तक भण्डारबाट नियात्रा विधा परिचय, अनुसन्धानात्मक कृति प्रकाशित छन् । छाङ्छाका आठ नियात्रा कृति– कङ्गारुको देशदेखि आइफेल टावरसम्म (२०५२), चाँप फुल्ने पहाडमुन्तिर (२०५४), बादल रुँदाको जुरिच (२०५९), बिब्ल्याँटो आकाशको धरातलतिर (२०६४), दोहाको सीधा उडान (२०७३), पैदलै काठमाडौंका चुलीहरू (२०७५) र साङ्ग्रिलाका पुछारितिर (२०८०) र क्याम्फोर रेन इन दार्जिलिङ (२०२०) प्रकाशित छन् ।

कृति नियात्रा अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण स्रोत मानिएको छ र यसले नियात्रा साहित्यको गहन विश्लेषण प्रस्तुत गर्दै पाठक र अनुसन्धानकर्तालाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । भुँडीपुराण प्रकाशनका कार्यकारी निर्देशक केशव पराजुली, राजेन्द्र पराजुली, नियात्राविद् जय छाङ्छा, अथक मासिकका प्रकाशक÷प्रधान सम्पादक खम्बु चन्द, नियात्राकार ज्ञानेन्द्र विवश, कर्ण दयाल सोराडी, भीमसिंह धामी, श्रीराम राई लगायतले कृतिको लोकार्पण गर्नुभएको हो ।

नियात्राविद् हाङ्छाले नेपाली भाषा तथा साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । ‘प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययन’ लोकार्पण कार्यक्रममा नियात्राविद् जय हाङ्छाले नेपाली भाषा तथा साहित्यको समृद्धिमा पु¥याउनुभएको योगदानको प्रशंसा गरिएको छ ।